शनिबार, चैत ९ गते २०८१     ११ : ३७ : ०१
शनिबार, चैत ९ २०८१
images
images

वीरगञ्जका उद्योगी-व्यवसायीसँग राष्ट्र बैंकले लियो सुझाव

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ७ २०८१
images
images
वीरगञ्जका उद्योगी-व्यवसायीसँग राष्ट्र बैंकले लियो सुझाव

वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले सरकारले हचुवाको भरमा बजेट ल्याउने र कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको औँल्याए।

images
images

पर्सा- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि वीरगञ्जका उद्योगी/व्यवसायीसँग सुझाव संकलन गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज आगामी आवको लागि पूर्व बजेटकालिन अन्तरक्रिया गरी आगामी बजेटमा समावेश गर्नुपर्ने विषयका सन्दर्भमा सुझाव संकलन गरेको हो। 

images
images

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले पछिल्लो समय उद्योगी/व्यवसायीको मनोबल खस्किएकाले आगामी आवको बजेटमार्फत मनोबल उकास्ने खालको बजेट ल्याउन अनुरोध गरे।

images
images

'सरकारी निकायले वर्सेनि बजेटपूर्व र बजेटपछि यहाँका उद्योगी/व्यवसायीसँग सुझाव संकलन गर्न आउने भएपनि यहाँका उद्योगी/व्यवसायीका मुद्दालाई भने नसमेट्ने तितो यथार्थ छ', उनले भने, 'नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएकाले पक्कै यसपालि दिएका सुझाव कार्यान्वयन हुने अपेक्षा राखेका छौँ।' 

images
images

अध्यक्ष अग्रवालले सरकार र निजी क्षेत्रबीच विश्वासको अभाव भएकाले निजी क्षेत्रको मनोबल क्रमशः घट्दै गइरहेको बताए। 'जब उद्योगी व्यवसायीको मनोबल खस्किन्छ। तब मुलुकको आर्थिक विकासको  परिकल्पना गर्न सकिदैन', उनले भने, 'सरकारले एकद्वार प्रणालीबाट राजस्व संकलन गर्ने प्रणालीको विकास गर्न जरुरत छ।' 

अर्थशास्त्री दीपेन्द्रकुमार चौधरीले सरकारले घाटाको बजेट ल्याउनुभन्दा यथार्थपरक र वस्तुनिष्ठ बजेट ल्याउन सुझाव दिए। 'सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने घाटाको बजेट ल्याएर कुनै काम छैन,' उनले भने, 'वस्तुपरक र यथार्थबजेट ल्याएर कार्यान्वयन गर्न जरुरी छ।' 

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले वीरगञ्ज महानगरसँग पर्याप्त कृषियोग्य जमिन भएपनि आवश्यक स्रोतको अभाव भइरहेको बताए। प्रमुख प्रशासकीय अधिकृत कर्णले वीरगञ्जबाट मुलुकले सबैभन्दा धेरै राजस्व संकलन गर्ने भएपनि वीरगञ्जको पूर्वाधार र अन्य क्षेत्रको विकासमा संघीय सरकारले बेवास्ता गरेको आरोप लगाए।

वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले सरकारले हचुवाको भरमा बजेट ल्याउने र कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको औँल्याए।

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका निर्देशक सत्येन्द्रराज सुवेदीले उद्योगी व्यवसायीले दिएका सुझावलाई लिपीबद्ध गरेर सरकारलाई हस्तान्तरण गर्ने बताए। 'यहाँका उद्योगी–व्यवसायीले निकै व्यवहारिक खालका सल्लाह र सुझाव दिनुभएको छ। त्यसलाई हामीले आफ्नो प्रतिवेदनमा समावेश गरेर सरकारलाई हस्तान्तरण गर्नेछौँ', उनले भने। 

राष्ट्र बैंकका उपनिर्देशक विष्णुप्रसाद सुवेदीले बजेट सुझाव सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए। राष्ट्र बैंकका वीरगञ्ज कार्यालय प्रमुख सुशील पौडेलले यस्ता छलफलमूलक कार्यक्रमले बजेट निर्माणमा मार्गनिर्देश गर्ने बताए। रासस


प्रकाशित : बिहीबार , चैत ७ २०८११८:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend