शुक्रबार, चैत ८ गते २०८१    
शुक्रबार, चैत ८ २०८१
images
images

विपिन जोशीको सुरक्षित रिहाइको प्रयासका लागि प्रधानमन्त्री ओलीले गरे टर्कीका राष्ट्रपतिलाई टेलिफोन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ७ २०८१
images
images
विपिन जोशीको सुरक्षित रिहाइको प्रयासका लागि प्रधानमन्त्री ओलीले गरे टर्कीका राष्ट्रपतिलाई टेलिफोन

टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्दाेगानलाई टेलिफोन  गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कूटनीतिक प्रयत्न गरिदिन आग्रह गरेका छन्।

images
images

आज अपराह्न प्रधानमन्त्री ओलीले उनलाई टेलिफोन गरेर त्यस्तो अनुरोध गरेका हुन्।

images
images

जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

images
images

प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी गरेका थिए।

टेलिफोन वार्ताका क्रममा आगामी अप्रिलमा टर्कीमा हुने कुटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराएका थिए।

उनीहरुबीच आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै पारस्परिक सम्बन्ध विस्तारबारे पनि विचारविमर्श भएको थियो। रासस


प्रकाशित : बिहीबार , चैत ७ २०८११८:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend