शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

कांग्रेस सांसद विष्णुकुमार कार्कीले तिरेनन् कुमारी बैंकको ४५ करोड रुपैयाँ ऋण

पटक-पटक ताकेता गर्दा पनि सम्पर्कमा गएनन्, धितो बिक्री गर्नसमेत बाधा पुर्‍याउँदै

images
शुक्रबार, चैत ८ २०८१
images
images
कांग्रेस सांसद विष्णुकुमार कार्कीले तिरेनन् कुमारी बैंकको ४५ करोड रुपैयाँ ऋण

राजनीतिक शक्किका आडमा कार्कीले बैंकलाई धितो लिलामी गर्न नदिएको बताइएको छ। उनले व्यावसायिक प्रयोजनका लागि भनेर कर्जा लिएपनि घरजग्गामा लगानी गरेको अनुमान छ।

images
images

काठमाडौं- नेपाली कांग्रेसका सांसद विष्णुकुमार कार्की कालोसूचीमा परेका छन्। सांसद कार्कीले एकाघर परिवारभित्रका विभिन्न चार कम्पनी धितो राखेर साविकको एनसीसी (हाल कुमारी) बैंकबाट ४५ करोड रुपैयाँ ऋण लिएर बारम्बार ताकेता गर्दा पनि नतिरेका हुन्। 

images
images

नवलपरासी (वर्दघाट सुस्तापूर्व २) बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका कार्कीले आफ्नो एकाघर परिवारभित्र रहेका मनकामना इँटा उद्योग, न्यू मनकामना इँटा कारखाना प्रालि, न्यू मनकामना मिलर प्रोडक्ट प्रालि र रोडिज अटोमार्ट प्रालि धितो राखेर ऋण लिएका थिए। रोडिज अटोमार्ट प्रालिबाहेक अन्य तीन कम्पनीमा कार्की सञ्चालक रहेका छन्। रोडिज अटोमार्ट प्रालिमा उनको एकाघरभित्रका तीन सञ्चालक रहेका छन्।

images
images

१० वर्ष अगाडि तत्कालीन एनसीसी बैंकबाट व्यावसायिक प्रकृतिको कर्जा लिएका कार्कीले प्रतिनिधिसभा सांसद हुनुभन्दा अगाडिसम्म नियमितरुपमा किस्ता भुक्तानी गर्दै आएका थिए। तर प्रतिनिधिसभा सांसदमा निर्वाचित भएसँगै कार्कीले कर्जाको साँवा ब्याज नतिरेका हुन्।

images
images

नियमित ऋण नतिरेपछि भुक्तानी गर्नका लागि भन्दै बैंकको सिद्धार्थनगर शाखाले पहिलो ३५ दिने सूचना २०७९ पुस २२ गते नै निकालेको थियो। त्यसपछि २०८० साउन ३ गते १५ दिने दोस्रो सूचना प्रकाशित गरेको थियो। उनले ऋण नतिरेपछि बैंकले कालोसूचीमा राखेको हो।

बैंकले पटक-पटक ताकेता गरेपनि सांसद कार्की सम्पर्कमा आउन चाहेनन्। कार्की ऋण तिर्नका लागि दुई वर्षसम्म पनि सम्पर्कमा नआएपछि बैंकले शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्दै धितो सकारेर कर्जा सूचना केन्द्रमा कालोसूचीमा राखेको हो। 

बैंकले सकारेको धितो बिक्री गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। उक्त व्यवस्थाअनुसार बैंकले आफ्नो नाममा आएको धितो बिक्रीको प्रयास गर्दा सांसद कार्की बाधक बनिरहेको बैंकका रिकभरी विभाग प्रमुख भुपेन्द्र पाण्डले बताएका छन्। 

'दुई वर्षदेखि ४५ करोड रुपैयाँ ऋण भुक्तानी नगरेकोले उहाँलाई कालोसूचीमा राखिएको हो।  बैंकले ऋणीलाई कालोसूचीमा राखेर धितो बिक्री गरी लोन रकम उठाउन खोजेपनि असहयोग हुँदै आएको छ', पाण्डले बताए। 

राजनीतिक शक्किका आडमा कार्कीले बैंकलाई धितो लिलामी गर्न नदिएको बताइएको छ। उनले व्यावसायिक प्रयोजनका लागि भनेर कर्जा लिएपनि घरजग्गामा लगानी गरेको अनुमान छ। विगत दुई वर्षयता घरजग्गा कारोबार मन्दीको अवस्थामा रहेकाले उनले ऋण नतिरेको हुनसक्ने देखिएको छ।

ऋण नतिरेको विषयमा प्रतिक्रिया लिन पटक-पटक सम्पर्क गर्दा कार्कीले प्रतिक्रिया दिन चाहेनन्। 


प्रकाशित : शुक्रबार, चैत ८ २०८१११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend