मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

८ महिनामा ११ खर्ब ४५ अर्ब रुपैयाँको वस्तु आयात, निर्यात ५७ प्रतिशतले बढ्यो

बिहीबार , चैत ७ २०८१
८ महिनामा ११ खर्ब ४५ अर्ब रुपैयाँको वस्तु आयात, निर्यात ५७ प्रतिशतले बढ्यो

विगत दुई वर्षयता आयातको वृद्धिदर ऋणात्मक भए पनि पछिल्लो ३ महिनायता निरन्तररुपमा बढिरहेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको ८ महिनामा ११ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

गत वर्षको तुलनामा वस्तु आयात ११.८ प्रतिशतले बढेको छ। गत वर्षको यसै अवधिमा १० खर्ब ३० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

विगत दुई वर्षयता आयातको वृद्धिदर ऋणात्मक भए पनि पछिल्लो ३ महिनायता निरन्तररुपमा बढिरहेको छ। सोयाविन तेल प्रशोधनका लागि कच्चा पदार्थ आयात तथा निर्यात गरेकाले व्यापारमा वृद्धि देखिएको हो।

माघमा १ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा फागुनमा १ खर्ब ५७ अर्बको वस्तु आयात भएको छ।

यस अवधिमा निर्यातसमेत ५७.२० प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको ८ महिनामा निर्यात १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। गत वर्षको यसै अवधिमा यस्तो निर्यात १ खर्ब रुपैयाँ मात्रै रहेको छ।

यस अवधिमा १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वैदेशिक वस्तु व्यापार भएको छ भने ९ खर्ब ८७ अर्ब रुपैयाँ बराबर घाटा पुगेको छ।


प्रकाशित : बिहीबार , चैत ७ २०८११६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend