मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

यो साताभर घट्यो सेयर बजार, आउने साता के होला?

बिहीबार , चैत ७ २०८१
यो साताभर घट्यो सेयर बजार, आउने साता के होला?

काठमाडौं- चैत महिना लागेयता लगातार सेयर बजार ओरालोतिर देखिएको छ। यो साता आइतबार २१.६३, सोमबार १०.१४, मंगलबार ७.६६ र बुधबार १४.८८ अंकले घटेको बजार बिहीबार पनि ओरालोतिर नै लागेको छ। यो साता समग्रमा बजार 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा पनि बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिएको हो। 

बिहीबार १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा झरेको छ। ४ अर्ब ५६ करोड १३ लाख रुपैयाँको कारोबार भएको बजारमा ६२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

पछिल्लो समय लगातार २११.०१ अंकको वृद्धिपछि ओरालोतिर लागेर लगातार नै १७१.०७ अंकले घटेको सेयर बजारमा गएको साता बुधबार दोहोरो अंकको वृद्धि देखिएको थियो। तर त्यसयता बजार निरन्तर ओरालोमा छ। 'साइडवेज'मा रहेको बजारमा आउने साताको आँकलन गर्न पनि कठिन देखिएको छ। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजारमा साउनभर उछाल देखिएको थियो। साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजारले भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा गति रोकियो।

असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन। 

गएको माघमा भने ९१.६ अंकको सुधार देखिएको सेयर बजारमा फागुनमा पनि ५०.७५ अंकको वृद्धि देखिएको थियो। पछिल्ला दुई महिनाको सुधारसँगै चैतमा बजारले नयाँ उचाइ भेट्न सक्ने अपेक्षामा लगानीकर्ता छन्। तर बजारले सुधारतर्फको गति लिन सकेको छैन। 


प्रकाशित : बिहीबार , चैत ७ २०८११५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend