बिहीबार , चैत ७ गते २०८१    
बिहीबार , चैत ७ २०८१
images
images

भूकम्पपीडितलाई घर पुनःनिर्माणका लागि दोस्रो किस्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ७ २०८१
images
images
भूकम्पपीडितलाई घर पुनःनिर्माणका लागि दोस्रो किस्ता
फाइल तस्बिर

त्रिवेणी नगरपालिकामा २८ लाख २५ हजार, बुढीगंगा गाउँपालिकालाई ८६ लाख र बुढीनन्दा नगरपालिकालाई १३ लाख ५० रकम हस्तान्तरण गरिएको हो।

images
images

बाजुरा- जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ।

images
images

प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृहमन्त्रालयबाट आएको रकम पालिकालाई वितरण गर्ने निर्णय गरिएको जानकारी दिए। 

images
images

उनका अनुसार उक्त रकम एक हजार चार सय ७३ जना भूकम्पपीडितलाई प्रदान गरिनेछ। जिल्लाका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकाको भूकम्प प्रभावितको तथ्यांक अद्यावधिक नभएकाले उक्त पालिकाका प्रभावितहरुका लागि भने रकम नआएको उनले बताए।

images
images

त्रिवेणी नगरपालिकामा २८ लाख २५ हजार, बुढीगंगा गाउँपालिकालाई ८६ लाख र बुढीनन्दा नगरपालिकालाई १३ लाख ५० रकम हस्तान्तरण गरिएको हो।

साथै गौमूल गाउँपालिकामा १३ लाख ७५ हजार, खप्तड छेडेदहमा दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकालाई दुई लाख २५ हजार गरी कुल तीन करोड ६८ लाख २५ हजार रकम जिल्लामा आएको छ। 

मनसुनजन्य विपद्का प्रभावितका लागि पनि रकम आइसकेको उनले बताए। मनसुनजन्य विपद्बाट बुढीगंगा गाउँपालिका, त्रिवेणी नगरपालिका, गौमूल गाउँपालिकालगायतका पालिकामा उक्त रकम पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , चैत ७ २०८११२:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend