शनिबार, असोज ५ गते २०८१    
images
images

पैसा दोबर बनाइदिने भन्दै ठगीमा संलग्न तीन जना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २० २०७८
images
images
पैसा दोबर बनाइदिने भन्दै ठगीमा संलग्न तीन जना पक्राउ

ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भइ घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो।

images
images

तुलसीपुर- दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोबर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो। 

images
images
images

ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार रूपैयाँ ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भइ घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो।

तीनै जना होटेल सञ्चालक भए पनि उनीहरुको नाम भने गोप्य राखिएको छ। उनीहरुले दुई महिनामा पैसा दोबर हुने भन्दै प्रतिव्यक्ति १५ देखि १८ हजार रूपैयाँसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। रासस 


प्रकाशित : बिहीबार , माघ २० २०७८०५:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend