काठमाडौं- मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ। भदौ महिनामा मात्र बैंकले ५ विभिन्न सामाजिक उत्तरदायित्व कार्यमा सहयोग गरेको छ।
बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि ‘फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी’ लागि ५० हजार रुपैयाँ मिडिया इन्टरनेसनललाई सहयोग गरेको छ।
यसै गरी कास्कीको मालपोत कार्यालयमा सेवाग्राही बस्ने प्रतिक्षालयमा कुर्सीकाे अभाव भएकाले बैंकले ३ थान ३ सिटर फलामको कुर्सी मालपोत कार्यालय कास्कीलाई हस्तानतरण गरेको छ।
रेश्ट फाउन्डेसन अन्तरगत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकालाई आवश्यक किताबको दराजको निमार्ण गर्न ४० हजार रुपैयाँ सहयोग गरेको छ।