मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेप्सेमा अब अन्तिम कारोबार मूल्य कायम हुने, पछिल्लो १५ मिनेटको औसत कारोबार मूल्य नै अन्तिम

बुधबार, चैत ६ २०८१
नेप्सेमा अब अन्तिम कारोबार मूल्य कायम हुने, पछिल्लो १५ मिनेटको औसत कारोबार मूल्य नै अन्तिम

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले भोलि बिहीबारदेखि अन्तिम कारोबार मूल्य परिवर्तन गर्ने भएको छ। नेप्सेले एक सूचना जारी गर्दै सो जानकारी गराएको छ।

सूचनाअनुसार २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कारोबार हुने सेयरको अन्तिम भारित औसत कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने छ।

यदि अन्तिम १५ मिनेटमा कुनै पनि कारोबार नभएमा त्यसअघि भएको अन्तिम कारोबार मूल्य नै अन्तिम मूल्य हुने छ। बिहीबारदेखि उक्त व्यवस्था कार्यान्वयनमा आउने छ।  

अहिलेसम्म कम्पनीको अन्तिम पटकको कारोबार मूल्य त्यसदिनको अन्तिम मूल्य कायम हुँदै आएको छ। कतिपय कम्पनीका हकमा अन्तिम समयमा मूल्य अस्वभाविकरुपमा उचाल्ने गरिएकाले त्यसलाई रोक्ने उद्देश्यसहित भारित औसत मूल्य लागु गरेको नेप्सेको भनाइ छ।

सेयर कारोबारमा कम्पनीको अन्तिम मूल्य निर्धारणका लागि लागु अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गरेर १५ मिनेटको विधि अनुकूल हुने देखिएपछि कार्यान्वयनमा ल्याएको नेप्सेको भनाइ छ। नेप्सेको प्रणालीले नै कम्पनीको १५ मिनेटको कारोबार मूल्यको औसत निकालेर अन्तिम मूल्य निर्धारण गर्नेछ।

नेप्सेले ओपनिङमा माग र आपूर्तिको आधारमा प्रणालीबाटै कम्पनीको औसत मूल्य निर्धारणको व्यवस्था कार्यान्वयन गरिरहेकामा क्लोजिङमा पहिलोपटक लागु गरेको हो। 

nepse 111.png


प्रकाशित : बुधबार, चैत ६ २०८११८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend