बुधबार, चैत ६ गते २०८१    
बुधबार, चैत ६ २०८१
images
images

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आईएफसी र ईयूको साझेदारी

images
बुधबार, चैत ६ २०८१
images
images
नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आईएफसी र ईयूको साझेदारी

एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २ सय २ शाखा, १ सय ८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

images
images

काठमाडौं- एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै र युरोपियन युनियनको एसीएसआईआईएस कार्यक्रमको सहयोगमा तीनदिने तालिम सञ्चालन गरेको छ।

images
images

मार्च पहिलो साता सञ्चालित उक्त तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय, र एसएमई (सानो तथा मध्यम उद्यम) क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित रहेको बैंकले जनाएको छ।

images
images

नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा ईएसजी (पर्यावरणीय, सामाजिक, र सुशासन) अभ्यासहरूलाई समाहित गर्न जोड दिएको बैंकको भनाइ छ। जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

images
images

आईएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे गहिरो ज्ञान हासिल गर्न एनएमबि बैंकका व्यावसायिक टोली, ई एण्ड एस तथा जोखिम अधिकृतहरू तथा ग्राहकहरू गरी ९० जना सहभागी भएका थिए।

उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम (ईएसडीडी), जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको बैंकको भनाइ छ। बैंकका अनुसार यस पहलले ईएसजी तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र यसको ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ।

एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २ सय २ शाखा, १ सय ८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : बुधबार, चैत ६ २०८११८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend