काठमाडौं- बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ। बुधबार छापावाल सुनको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुन तोलामा ५ सय रुपैयाँ बढेर ९२ हजार ७ सय रुपैयाँ कायम भएको हो।
यता चाँदीको मूल्य भने स्थिर छ। बुधबार १२ सय ५५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि पनि त्यति नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।