बुधबार, चैत ६ गते २०८१    
बुधबार, चैत ६ २०८१
images
images

चालु आवमा पर्वतमा ९९ उद्योग दर्ता हुँदा १३३ उद्योगको दर्ता खारेज

images
बुधबार, चैत ६ २०८१
images
images
चालु आवमा पर्वतमा ९९ उद्योग दर्ता हुँदा १३३ उद्योगको दर्ता खारेज

चालु आवमा कार्यालयमा ९९ उद्योग दर्ता भएका छन्। जसमध्ये ४९ उद्योग र ५० वटा वाणिज्य फर्म रहेका छन्।

images
images

पर्वत- मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायन दरलगायत प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रूपमा परेको छ। पर्वतमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एकसय ३३ उद्योगको दर्ता खारेज गरिएको छ।

images
images

आर्थिक वर्ष २०८०/८१ मा दुई सय ३६ उद्योग बन्द भएकामा चालु आवको ६ महिनामा ती उद्योगको दर्ता खारेज गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ। कार्यालयमा यस वर्ष दर्ता भएका उद्योग व्यवसायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या उल्लेख्य छ।

images
images

चालु आवमा कार्यालयमा ९९ उद्योग दर्ता भएका छन्। जसमध्ये ४९ उद्योग र ५० वटा वाणिज्य फर्म दर्ता भएको कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिए। खारेज हुनेमा ६४ उद्योग र ६९ वाणिज्य फर्म छन्। दैनिकजसो उद्योग दर्ता गर्नेभन्दा बन्द गर्न आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको उनले बताए।

images
images

त्यसैगरी, आव २०८०/८१ को अन्त्यमा तीन हजार चारसय १३ उद्योग रहेकामा अहिले घटेर तीन हजार तीनसय ९० पुगेका छन् भने तीन हजार दुईसय ४७ वाणिज्य फर्म कायम रहेकामा अहिले तीन हजार एकसय ३५ उद्योग रहेको कार्यालय प्रमुख शर्माले बताए।

६ महिनामा एक सय ३५ वटा उद्योग व्यवसायको सङ्ख्या कम भएको हो। मुलुकमा देखिएको आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख शर्माले बताए।

उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरबी पौडेलले बताए। व्यापार व्यवसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुने क्रम बढेको उनको भनाइ छ।

लाखौँ रुपैयाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गरे पनि पर्याप्त आम्दानी हुन नसकेपछि उद्योग तथा व्यवसायी नै विस्थापित हुनुपरेको उनको भनाइ छ। कोरोना सङ्क्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रम उल्लेख्य मात्रामा छन्। 

सरकारबाट बेरोजगारी समस्यालाई समधानका लागि उद्योग व्यवसायीलाई प्रोत्साहन कार्यक्रम आउन थालेपछि उद्योग दर्ता प्रक्रिया बढ्दै गएको भए पनि सोही अनुपातमा बन्द गर्ने क्रम पनि नरोकिएको अध्यक्ष पौडेलले बताए।

कृषि, पशुपक्षी फार्म, फलफूलखेती, गाईपालन, भैँसीपालन, होमस्टे, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएको छ। वैदेशिक रोजगारीमा जाने विद्यार्थीका लागि स्वदेशमा नै उद्यम गरेको प्रमाण देखाउनुपर्ने भएकाले पनि उद्योग दर्ता बढेको हुनसक्ने बताइएको छ। वाणिज्य फर्मतर्फ भने दर्ताको सङ्ख्यासँगै फर्म बन्दको सङ्ख्य पनि उच्च छ।

कतिपय देशमा बैंक मौज्दात ग्यारेण्टी देखाउनुपर्ने र उक्त मौज्दात देखाउँदा फर्म वा कम्पनीको नाममा देखाउनुपर्दछ। यसका लागि पर्यटन तथा उद्योग कार्यालय वा स्थानीय तहमा फर्म वा उद्योग दर्ता भएको प्रमाणपत्र आवश्यक पर्नेहरूले दर्ता गरे पनि व्यावसायिक दृष्टिकोणले गर्नेहरू न्यून रहेको देखिएको छ। पछिल्लो समय उद्योग व्यवसाय दर्ता प्रक्रिया पर्यटन तथा उद्योग कार्यालयसँगै स्थानीय तहबाट पनि हुन थालेको छ।

दुवै निकायबाट उद्योग दर्ता हुने गरेपछि व्यवसायीहरू कहाँबाट दर्ता गर्ने भन्ने विषयमा अलमल पर्न थालेका छन्। पर्यटन तथा उद्योग कार्यालयले चालु आवमा २८ लाख ६६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयमार्फत यस वर्ष ४२ पर्यटन पूर्वाधारका योजना निर्माण भइरहेका छन्। अहिलेसम्म ३६ वटा योजना सम्झौता भइसकेको र ६ वटा सम्झौता हुन बाँकी रहेको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, चैत ६ २०८१११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend