शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

यातायात कार्यालय बनाउन कृष्णराज अधिकारीको परिवारले दिए पाँच रोपनी जग्गा दान

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ६ २०८१
images
images
यातायात कार्यालय बनाउन कृष्णराज अधिकारीको परिवारले दिए पाँच रोपनी जग्गा दान

अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि पृथ्वी राजमार्ग नजिकैको करिब तीन करोड रुपैयाँ मूल्य पर्ने जग्गा दान गरेका हुन्।

images
images

तनहुँ- बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन्।

images
images

स्थानीय कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि पृथ्वी राजमार्ग नजिकैको करिब तीन करोड रुपैयाँ मूल्य पर्ने जग्गा दान गरेका हुन्। 

images
images

मङ्गलबार जिल्ला मालपोत कार्यालय, तनहुँमा अधिकारी परिवारले यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख गोपाल ओलीलाई लालपुर्जा हस्तान्तरण गरे।

images
images

यसअघि पनि अधिकारी दम्पतीले बन्दीपुर गाउँपालिका-१ को कार्यालय भवन निर्माणका लागि आठ आना जग्गा दान गरेका थिए। 'जग्गा दान गर्न पाउँदा निकै खुसी लागेको छ, गाउँ र समाजको सेवाका लागि काम गर्न पाउँदा हर्षित छु', कृष्णराज अधिकारीले भने।

जग्गा यातायात कार्यालयलाई दिएकामा खुशी व्यक्त गर्दै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उनलाई सम्मान गरिने बताए।

कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध भइसकेको र भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी मन्त्रालयसँग बजेट माग गरिने जिल्ला मालपोत कार्यालयका प्रमुख ओलीले बताए। रासस


प्रकाशित : बुधबार, चैत ६ २०८११०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend