बिहीबार , वैशाख ४ गते २०८२     ९ : ५८ : ३३
बिहीबार , वैशाख ४ २०८२
images
images

दाङमा राजस्व संकलन वृद्धि, सात महिनामा उठ्यो एक अर्ब ४२ करोड

images
मंगलबार, चैत ५ २०८१
images
दाङमा राजस्व संकलन वृद्धि, सात महिनामा उठ्यो एक अर्ब ४२ करोड

कार्यालयले चालु आर्थिक वर्षमा एक अर्ब ७२ करोड ८७ लाख ८५ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

images
images

दाङ- आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४२ करोड १३ लाख ६७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

अघिल्लो आर्थिक वर्षको तुलनामा २५ करोड ८२ लाख ८१ हजार रूपैयाँ बढी अर्थात् २२ दशमलव २ प्रतिशतले राजस्व संकलन वृद्धि गरेको राजस्व कार्यालय प्रमुख श्रीधर टन्डनले जानकारी दिए।

images
images

चालु आवको माघ मसान्तसम्म लक्ष्यको ८२ दशमलव ५० प्रतिशत राजस्व संकलन गरिएको उनको भनाइ छ। कार्यालयले चालु आर्थिक वर्षमा एक अर्ब ७२ करोड ८७ लाख ८५ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

images
images

आन्तरिक राजस्व कार्यालय दाङको कार्यक्षेत्र दाङसहित रोल्पा, रुकुमपूर्व, रुकुम पश्चिम, सल्यान र प्युठान जिल्ला रहेको छ।

सल्यानमा करदाता सेवा कार्यालयसमेत रहेको छ। जसले रुकुम पूर्वी भाग र रुकुम पश्चिममा सेवा प्रदान गर्दै आएको छ। त्यस्तै चकचकेमा रहेको करदाता सेवा कार्यालयले प्युठान जिल्लामा सेवा प्रवाह गरिरहेको छ।

तुलसीपुर कार्यालयमार्फत दाङका १० स्थानीय तह र रोल्पाका तीन स्थानीय तहमा सेवा प्रवाह गर्दै आएको छ। पटकपटक छुटको अफर आउँदा पनि कर तिर्न नआउने गरेको प्रमुख टन्डनले बताए। उनका अनुसार फागुन मसान्तसम्म शुल्क, ब्याज र जरिवाना छुट गरिएको थियो।

आयकर ऐन, बमोजिम आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आन्तरिक राजस्व कार्यालयमा आय विवरण पेस गर्नुपर्ने व्यवस्था छ। रासस


प्रकाशित : मंगलबार, चैत ५ २०८११७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend