शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

२५ करोड विदेशी मुद्रासहित पक्राउ परेका ट्रक चालकलाई कारबाहीका लागि राजस्व विभाग पठाइयो

images
मंगलबार, चैत ५ २०८१
images
images
२५ करोड विदेशी मुद्रासहित पक्राउ परेका ट्रक चालकलाई कारबाहीका लागि राजस्व विभाग पठाइयो

राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दरअनुसार उक्त मूल्य बराबरको विदेशी मुद्रा बरामद गरेको हो।

images
images

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट करिब २५ करोड २२ लाख ४५ हजार रूपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ। राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दरअनुसार उक्त मूल्य बराबरको विदेशी मुद्रा बरामद गरेको हो।

images
images

ठूलो परिमाणमा अमेरिकी डलरसहितका विदेशी मुद्रा राजस्व छली गरी ओसारपसार तथा कारोबार गरेको सूचनाका आधारमा कार्यालयबाट खटिएको टोलीले सोमबार बेलुका टोखा नगरपालिकास्थित झोरबाट उक्त रकम बरामद गरेको हो।

images
images

ना७ख १६५१ नंको मालवाहक ट्रकको चालक बस्ने ठाउँमा ‘फल्सबटम’ बनाइ लुकाइछिपाइ ल्याएको अवस्थामा सवारी चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ४३ वर्षीय कुसाङ लामासहित पक्राउ गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

images
images

बरामद गरिएको विदेशी मुद्रामा अमेरिकी डलर एक सय दरका तीन हजार ११९ थान, अमेरिकी डलर ५० दरका १७९, युरो ५०० दरका ११ थान, युरो २०० दरका ४८०, युरो १०० दरका चार हजार १४८ थान, युरो ५० दरका १७ हजार १७७ थान रहेको कार्यालयले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

बरामद गरिएका विदेशी मुद्रासहित निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ। रासस


प्रकाशित : मंगलबार, चैत ५ २०८११६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend