शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा, तीन करोड ६३ लाख रूपैयाँ खर्च

images
मंगलबार, चैत ५ २०८१
images
images
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा, तीन करोड ६३ लाख रूपैयाँ खर्च

स्थापना भएको १८ वर्षपछि आफ्नै सुविधासम्पन्न भवन निर्माण हुन लागेको हो।

images
images

बागलुङ- जिल्लाको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भिमगिठेको भवन निर्माण अन्तिम चरणमा पुगेको छ। स्थापना भएको १८ वर्षपछि आफ्नै सुविधासम्पन्न भवन निर्माण हुन लागेको हो।

images
images

जग्गा व्यवस्थापनको पहल थालेको ११ वर्षपछि प्रहरी आफ्नै भवनमा सर्ने भएको हो। बडिगाड गाउँपालिकाको पहलमा संघीय सरकारको तीन करोड ६३ लाख रूपैयाँ लागतमा सुविधासम्पन्न प्रहरी कार्यालय भवन निर्माण गरिएको हो।

images
images

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले साढे तीन तलाको सुविधासम्पन्न प्रहरी कार्यालय भवन र आवासले प्रहरीलाई सहयोग पुग्ने बताए। ६ वर्षअघि स्थानीयले चन्दा संकलन गरी १५ लाख रूपैयाँ लागतमा पाँच रोपनी जग्गा खरिद गरेपछि भवन निर्माणको पहल थालिएको थियो।

images
images

इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी नायव निरीक्षक खगेश्वर अर्यालले भवन बनेपछि सेवा प्रदान गर्न सहज हुने बताए। तीन करोड ६३ लाख रूपैयाँ लागतमा सुनामी/एसए जेभी निर्माण कम्पनीसँग दुई वर्षअघि प्रहरीको भवन निर्माण गर्न सम्झौता भएको थियो। रासस


प्रकाशित : मंगलबार, चैत ५ २०८११६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend