मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

उतारचढावबीच ओरालोतिरै सेयर बजार, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

मंगलबार, चैत ५ २०८१
उतारचढावबीच ओरालोतिरै सेयर बजार, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

काठमाडौं- सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा पनि बजार उतारचढावबीच ओरालोतिर नै देखिएको छ। 

यो साता आइतबार २१.६३ अंक र सोमबार १०.१४ अंकले घटेको बजार मंगलबार ७.६६ अंकले घटेर बजार २६९७.०४ बिन्दुमा झरेको छ। मंगलबार बजार खुल्नासाथ वृद्धितर्फ लागेर २७२२ सम्म पुगेको बजार पछि ओरालोतिर लाग्यो। मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

पछिल्लो समय लगातार २११.०१ अंकको वृद्धिपछि ओरालोतिर लागेर लगातार नै १७१.०७ अंकले घटेको सेयर बजारमा गएको साता बुधबार दोहोरो अंकको वृद्धि देखिएको थियो। तर यो साता पहिलो र दोस्रो कारोबारमा बजार पुन: ओरालोतिर नै लागेको छ। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजारमा साउनभर उछाल देखिएको थियो। साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजारले भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा गति रोकियो।

असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन। 

गएको माघमा भने ९१.६ अंकको सुधार देखिएको सेयर बजारमा फागुनमा पनि ५०.७५ अंकको वृद्धि देखिएको थियो। पछिल्ला दुई महिनाको सुधारसँगै चैतमा बजारले नयाँ उचाइ भेट्न सक्ने अपेक्षामा लगानीकर्ता छन्। तर बजारले सुधारतर्फको स्थायी गति लिन सकेको छैन। 


प्रकाशित : मंगलबार, चैत ५ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend