बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमले अघि बढायो नयाँ बिलिङ प्रणालीको प्रक्रिया, ग्लोबल टेन्डर आह्वान

मंगलबार, चैत ५ २०८१
नेपाल टेलिकमले अघि बढायो नयाँ बिलिङ प्रणालीको प्रक्रिया, ग्लोबल टेन्डर आह्वान

टेलिकमले फेरि नयाँ बिलिङ प्रणाली जडान तथा सञ्चालनका लागि टेन्डर आह्वान गरेको छ।

काठमाडौं- नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली जडानको काम फेरि अघि बढेको छ। 

यसअघि सस्तोमा टेन्डर हाल्नुपर्नेगरी ट‍ेन्डर आह्वान भएपछि एजेन्टको दौडधुपबाट रद्द भएको थियो। गएको असोजमा रद्द भएको टेन्डर फेरि मूल्यांकन गरेर प्रकाशन गरिएको छ। 

टेलिकमले फेरि नयाँ बिलिङ प्रणाली जडान तथा सञ्चालनका लागि टेन्डर आह्वान गरेको छ। 

अहिले नेपाल टेलिकममा एसिया इन्फोको बिलिङ प्रणाली रहेको छ। यही बिलिङ प्रणालीकै कारण बर्सेनि अर्बौं आम्दानी चुहावट भइरहेको भन्दै आधुनिक र स्वचालित प्रणाली ल्याउनका तत्लकाीन प्रबन्ध निर्देशक डिल्ली अधिकारीले खरिद प्रक्रिया नै अघि बढाएका थिए। तर अधिकारी बाहिरिएर सुनिल पौडेल प्रबन्ध निर्देशक हुनेवित्तिकै उक्त खरिद प्रक्रिया रोकिएको थियो। खरिद प्रक्रिया रोक्नेमात्र होइन पौडेलले अझै चार वर्ष यही प्रणालीबाट काम चलाउने साँठागाँठ गरेका थिए। 

पौडेल भ्रष्टाचारी ठहर भएपछि उनको ठाउँमा संगीता पहाडी प्रबन्ध निर्देशक भएपछि दोस्रोपटक टेन्डर आह्वान भएको हो। 

पाँच अर्ब बढीको लागतमा बिलिङ प्रणाली जडान गर्ने योजना बनाएको टेलिकमको नाममा यसअघि सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ। आदेशमा नेटवर्कमा काम गरिरहेको कम्पनीलाई नेटवर्क नदिन आदेश गरेको छ। 


प्रकाशित : मंगलबार, चैत ५ २०८११३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend