शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

८० लाख रूपैयाँ लागतमा टेम्केमैयुङको पाँचधारेमा बन्दैछ किरात सांस्कृतिक भवन

images
मंगलबार, चैत ५ २०८१
images
images
८० लाख रूपैयाँ लागतमा टेम्केमैयुङको पाँचधारेमा बन्दैछ किरात सांस्कृतिक भवन

चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरी निर्माण भइरहेको भवनको हालसम्म करिब ५० प्रतिशत काम सकिएको वडाध्यक्ष नवराज माङ्गपाहाङ्गले बताए।

images
images

भोजपुर- यहाँको टेम्केमैयुङ-९ लखर्कको पाँचधोरमा ‘किरात सांस्कृतिक’ भवन निर्माण सुरु गरिएको छ। किरात संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक भवन निर्माण थालिएको हो।

images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त ८० लाख रूपैयाँ लागतमा उक्त भवनको निर्माण भइरहेको टेम्केमैयुङ-९ लेखर्कका वडाध्यक्ष नवराज  माङ्गपाहाङ्गले जानकारी दिए। चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरी निर्माण भइरहेको भवनको हालसम्म करिब ५० प्रतिशत काम सकिएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए।

images
images

ऐतिहासिकता प्रदान गर्न काठमाडौंबाट कालिगड ल्याएर किरात संस्कृति झल्कने कलात्मक भवन निर्माण भइरहेको उनको भनाइ छ।

images
images

'किरात संस्कृतिको संरक्षण विकाससँगै पुस्तान्तरण गर्ने लक्ष्यले यहाँ किरात सांस्कृतिक भवन निर्माण भइरहेको छ,' वडाध्यक्ष माङ्गपाहाङ्गले भने, 'मुख्य रुपमा यहाँ किरात समुदायको संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन, वेशभूषा सङ्ग्रहित गरिनेछ। भवनमा राखिने सामग्रीले किरात संस्कृतिको झल्को दिनेछ। यहाँबाट किरात परिकारका बारेमा जानकारी प्रदान गर्ने लक्ष्य छ।'

निर्माण भइरहेको सो भवन ढुङ्गा, सुर्की र चुनाको प्रयोगबाट निर्माण भइरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए। भवनको झ्याल, ढोका, निदल, दलिन, थामलगायतमा किरात संस्कृति झल्कने, ढोल, झ्याम्टा, चिण्डो, धनुवान, मुर्चुङ्गा विनायोको चित्र रहने छ। 

पाँचधारेमा पर्यटनलाई लक्षित गरेर पाँचधारे पोखरी, किरातेश्वर ढुंगे बगैँचाको संरक्षण तथा पदमार्ग निर्माण गरिएको छ। हाल यहाँ निर्माण भइरहेको पदमार्गलाई मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्य रहेको वडाले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, चैत ५ २०८११३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend