शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

बाँकेका ६९ वटा फर्म कारबाहीमा, १० लाख जरिवाना असुल

images
मंगलबार, चैत ५ २०८१
images
images
बाँकेका ६९ वटा फर्म कारबाहीमा, १० लाख जरिवाना असुल

कार्यालयबाट आयात र निर्यातका लागि इजाजत दिने, बजार अनुगमन गर्ने र विद्यालय उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ।

images
images

नेपालगञ्ज- वाणिज्य, आपूर्ति  तथा उपभोक्ता संरक्षण कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ६९ वटा व्यावसायिक फर्मलाई कारबाही गरेर १० लाख ५० हजार रूपैयाँ जरिवाना गरेको छ।

images
images

सो अवधिमा उक्त कार्यालयका प्रमुख हरिबहादुर खत्रीले इजाजत नलिएको, म्याद गुज्रेका वस्तुको बेचबिखन गरेको, मूल्यसूची नराखेकोलगायत कसुरमा ती फर्मलाई कारबाही गरिएको जानकारी दिए। 

images
images

कार्यालयबाट आयात र निर्यातका लागि इजाजत दिने, बजार अनुगमन गर्ने र विद्यालय उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। 

images
images

लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा र पूर्वी रुकुम र कर्णाली प्रदेशका सबै जिल्ला गरी १६ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर गर्नेगरी उपभोक्ताको अधिकार हनन गर्नेलाई कारबाहीको दायरामा ल्याउन नियामक निकायलाई सुझाव दिएको छ।

उक्त कार्यालयले आर्थिक वर्ष ०७८/०७९ मा ४३, आव ०७९/०८० मा ३५  र आव ०८०/०८१ मा १४० फर्मलाई कारबाही गरेर  ३२ लाख ९५ हजार रूपैयाँ जरिवाना असुल गरेको थियो। रासस


प्रकाशित : मंगलबार, चैत ५ २०८११३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend