सोमबार, वैशाख १७ गते २०८१    
images
images

२४ घण्टामा ७ हजार ५ सय जना कोरोना सङ्क्रमणमुक्त, ८ लाखले लगाए खोप

images
बिजनेस न्युज
images
images
२४ घण्टामा ७ हजार ५ सय जना कोरोना सङ्क्रमणमुक्त, ८ लाखले लगाए खोप
images
images

काठमाडौं- देशभर कोरोना भाइरस सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोबर रहेको छ। पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

images
images
images

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.सङ्गीता कौशल मिश्राले ११ हजार ५ सय ८२ परीक्षण गर्दा सङ्क्रमित ३ हजार ६ सय ३७ सङ्क्रमित पुष्टि भएको जानकारी दिइन्। यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त हुने सङ्ख्या ७ हजार ५ सय ५५ पुगेको उनले बताइन्। हालसम्म ८ लाख ७८ हजार ७ सय २० जना सङ्क्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ६९ हजार २ सय ९१ पुगेको छ।  

images

मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार ८ लाख १५ हजार ७ सय ९६ जनाले खोप लगाएका छन्। यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज ४ लाख ८४ हजार ४ सय ७९ मात्रा लगाइएको छ।

images

१२ को निधन

images
images

मन्त्रालयका प्रवक्ता डा मिश्राले सो अवधिमा सङ्क्रमणका कारण १२ जनाको निधन भएको जानकारी दिइन्। हालसम्म ११ हजार ७ सय ६४ जनाको सङ्क्रमणका कारणले निधन भएको छ।

यस्तै ५ सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला १६ पुगेको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, र कैलाली रहेका छन्। 

यस्तै २ सयभन्दा बढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन्। ती जिल्लामा सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर रहेका छन्। नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत रहेको छ।

हाल होम आइसोलेसनमा ६७ हजार ८ सय २५, संस्थागत आइसोलेसनमा १ हजार ४ सय ६६, सघन उपचार कक्षमा २ सय ७० र भेन्टिलेटरमा ५२ जनाको उपचार हुँदैछ। रासस

images

प्रकाशित : बुधबार, माघ १९ २०७८१२:३१
प्रतिक्रिया दिनुहोस