मंगलबार, चैत ५ गते २०८१    
मंगलबार, चैत ५ २०८१
images
images

क्रसर उद्योगले ४९ करोड रूपैयाँभन्दा बढी राजस्व नबुझाएपछि खानीजन्य पदार्थ उत्खननमा पालिकाले लगायो रोक

images
मंगलबार, चैत ५ २०८१
images
images
क्रसर उद्योगले ४९ करोड रूपैयाँभन्दा बढी राजस्व नबुझाएपछि खानीजन्य पदार्थ उत्खननमा पालिकाले लगायो रोक

क्रसर व्यवसायीबाट पालिकाले वर्षौँसम्म राजस्व उठाउन नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा समेत उजुरी परेको थियो। अख्तियारले समेत पालिकालाई राजस्व उठाउन पटकपटक पत्राचार गर्दै आएको छ।

images
images

कास्की- माछापुच्छ्रे गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका चार क्रसर उद्योगबाट खानीजन्य पदार्थ उत्खनन् तथा बिक्री वितरणमा रोक लगाएको छ। गाउँपालिकाभित्र सञ्चालित क्रसर उद्योगले निर्माण सामग्री उत्खनन गरेबापत पालिकालाई बुझाउनुपर्ने ४९ करोड रूपैयाँभन्दा बढी राजस्व नबुझाएपछि गाउँपालिकाले उत्खननमा रोक लगाएको हो।

images
images

यहाँका फेउसरका बराह क्रसर उद्योगले २० करोड ५६ लाख ६२ हजार रूपैयाँ, गण्डकी एग्रोगेटले १३ करोड ३९ लाख ७० हजार रूपैयाँ, जेके क्रसर उद्योगले चार करोड १२ लाख ३६ हजार रूपैयाँ र सेती गण्डकी क्रसर उद्योगले १० करोड ८१ लाख ८४ हजार रूपैयाँ राजस्व तिर्नुपर्नेछ।

images
images

व्यवसायीलाई राजस्व तिर्न पटकपटक आग्रह गरे पनि अटेरी गर्ने तर उत्खनन कार्य नरोकिएपछि गाउँपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि उद्योगबाट कुनै पनि साधारण निर्माणमुखी खानीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा, माटो) उत्खनन, प्रशोधन तथा बिक्री वितरणसम्बन्धी कार्यमा रोक लगाएको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन्।

images
images

'क्रसर उद्योगबाट राजस्व उठाउनका लागि कार्यपालिका बैठकबाट नै निर्णय गरेर हालका लागि उत्खनन र बिक्री वितरण रोकेका हौँ। व्यवसायीलाई पुनः राखेर छलफल गर्न तयार छौँ, तर राजस्व उठाएरै छाड्छौँ', उपाध्यक्ष अधिकारीले भनिन्।

गाउँपालिकामा सञ्चालनमा रहेका क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा छन्। क्रसर उद्योगले नदी दोहन तथा  सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेदेखि अवैध उत्खनन गर्ने गरेको स्थानीयवासीको भनाइ छ।

क्रसर व्यवसायीबाट पालिकाले वर्षौँसम्म राजस्व उठाउन नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा समेत उजुरी परेको थियो। अख्तियारले समेत पालिकालाई राजस्व उठाउन पटकपटक पत्राचार गर्दै आएको छ।

व्यवसायीबाट राजस्व लिन नसकेपछि गाउँपालिकाले केही समयअघि सहजीकरणका लागि भनेर प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयमा पत्राचार गरेको थियो। आर्थिक मामिला मन्त्रालयले समेत कानूनअनुसार क्रसरबाट राजस्व लिन भनेर गाउँपालिकालाई पत्राचार गरेको उपाध्यक्ष अधिकारीले बताइन्।

क्रसर व्यवसायीले भने राजस्वदर बढी भएकाले आफूहरूले तोकिएअनुसारको रकम बुझाउन नसक्ने बताउँदै आएका छन्।

व्यवसायीको उपस्थितिबिना उत्खननस्थलको नापजाँच गरिएको र सोहीअनुसार प्रतिवेदन बनाइएको गण्डकी एग्रोगेटका सञ्चालक भोजराज पौडेलले बताए।

गाउँपालिकाले क्रसर उद्योगबाट उत्खनन गरिएको परिमाण नापजाँचका लागि पोखराको इन्जिनियरिङ अध्ययन संस्थानको सहयोग लिएको थियो। रासस


प्रकाशित : मंगलबार, चैत ५ २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend