मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

जुम्लामा उन्नत जातका गहुँको बीउ उत्पादन हुने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १९ २०७८
जुम्लामा उन्नत जातका गहुँको बीउ उत्पादन हुने

खलङ्गा- कृषि विकास कार्यालय जुम्लाले बीउको कमी हुन नदिनका लागि जिल्लामा उन्नत जातका गहुँको बीउ उत्पादनमा लागेको छ।

यसअघि जिल्लामा स्थानीय गहुँ उत्पादन हुने गरेकामा अहिले गहुँको उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताए। स्थानीय कृषकलाई अनुदानमा बीउ उपलब्ध गर्न यहाँको तातोपानी  गाउँपालिका-१ स्थित बाइराँकामा उन्नत जातको गहुँको बीउ उत्पादन गर्न लागेका छौँ।

सो स्थानमा ६०० केजी बीउ किसानलाई उपलब्ध गराएको कार्यालय प्रमुख अधिकारीले बताए। अहिले जुम्ला जिल्लाका सबै ठाउँमा स्थानीय बाह्रबिसे जातको गहुँ खेती गरिन्छ। यो तयार हुन अलि ढिलो हुँदा धान खेती पनि ढिलो हुन जान्छ। उन्नत जातको गहुँ तयार हुन सामान्यतया कम समय लाग्छ र गहुँ पनि तुलनात्मक रुपमा बढी नै उत्पादन हुने हुँदा किसानलाई यो बीउ सिफारिस गरेका कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।  

मूल बीउ कृषकको ३० प्रतिशत र कार्यालयको ७० प्रतिशत लगानीमा बाँडिएको छ। यस योजनामा बाइराँकाका १३१ किसानले करिब सय रोपनी क्षेत्रफलमा उक्त उन्नत जातका मूल बीउ लगाएको निमित्त कार्यालय प्रमुख अधिकारीले बताए।

तीन रोपनी जग्गामा उन्नत जातको मूल बीउ लगाएको किसान नारायण शाहीले बताए। स्थानीय गहुँ ढिलो पाक्दा धान लगाउन समस्या हुने गरेको थियो। यसको विकल्प खोजिरहेकै बेला कृषि विकास कार्यालयले उन्नत जातको बीउ अनुदानमा दिएकोले किसानलाई निकै राहत भएको उनीहरु बताउँछन्। रासस


प्रकाशित : बुधबार, माघ १९ २०७८१२:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend