सोमबार, चैत ४ गते २०८१    
सोमबार, चैत ४ २०८१
images
images

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

images
सोमबार, चैत ४ २०८१
images
images
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

आईजीपी वसन्तबहादुर कुँवरले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण आज सोमबार रातिबाट अवकाश पाउने भएपछि थापा प्रहरीको ३१औँ आईजीपी बनेका हुन्।

images
images

काठमाडौं- नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी थापालाई बढुवा गर्दै प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।

images
images

आईजीपी नियुक्तिसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थापाले मंगलबारदेखि प्रहरीको कमान्ड सम्हाल्ने छन्। 

images
images

आईजीपी वसन्तबहादुर कुँवरले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण आज सोमबार रातिबाट अवकाश पाउने भएपछि थापा प्रहरीको ३१औँ आईजीपी बनेका हुन्।

images
images

उनीसँगै प्रहरी प्रमुख बन्नका लागि एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए।

थापाले २०५२ भदौ १९ गतेदेखि प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए। प्रहरीको ३० वर्षे सेवा अवधि नहटे थापाले आगामी भदौमै अवकाश पाउनेछन्। 


प्रकाशित : सोमबार, चैत ४ २०८११८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend