मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

वाणिज्य बैंकले फागुनसम्ममा गरे २ खर्ब ८२ अर्ब निक्षेप संकलन, २ खर्ब ८० अर्ब कर्जा लगानी

सोमबार, चैत ४ २०८१
वाणिज्य बैंकले फागुनसम्ममा गरे २ खर्ब ८२ अर्ब निक्षेप संकलन, २ खर्ब ८० अर्ब कर्जा लगानी

काठमाडौं- चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरूले २ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। गत वर्षको यसै अवधिमा तुलनामा बैंकहरूको निक्षेप ४.९० प्रतिशतले बढेको छ। 

यस अवधिमा बैंकहरूले २ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। फागुनमा मात्रै वाणिज्य बैंकहरूले २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

गत वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा लागनी ६.१२ प्रतिशतले बढेको संघले जनाएको छ।

यस अवधिमा बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ७९.२९ प्रतिशत रहेको छ।

२० वाणिज्य बैंकहरूमा सर्वसाधारणको ६० खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ। यस अवधिसम्म वाणिज्य बैंकहरूले कुल ४८ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 


प्रकाशित : सोमबार, चैत ४ २०८११४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend