शनिबार, असोज ५ गते २०८१    
images
images

विशेष आर्थिक क्षेत्रले हासिल गर्न सकेन सफलता

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १९ २०७८
images
images
विशेष आर्थिक क्षेत्रले हासिल गर्न सकेन सफलता

२०७६ देखि निर्यात गर्न लागेको तीन उद्योगमध्ये आर्थिक वर्ष २०७६/७७ मा ब्रिलिएन्टले ५८ प्रतिशत, शक्ति मिनरलले २४ प्रतिशत र विस्तारले शतप्रतिशत निर्यात गरेका थिए।

images
images

बुटवल- रुपन्देहीको भैरहवामा पाँच वर्षअघि स्थापना भएको विशेष आर्थिक क्षेत्र(सेज)ले अपेक्षित सफलता हासिल गर्न सकेको छैन।

images
images
images

निर्यातलाई बढाएर व्यापार घाटा कम गर्ने उद्देश्यका साथ जिल्लाको रोहिणी गाउँपालिका-१ बगहामा अवस्थित सेजले सफलता प्राप्त गर्न नसकेपछि सरकारको उद्देश्य पूरा हुनसकेको छैन। ६ उद्योग सञ्चालनमा रहेको सेजमा केही उद्योगले चार वर्षदेखि निर्यात गरिरहेका छन् तर उत्पादनको ६० प्रतिशत निर्यात गर्ने दुई उद्योग मात्रै रहेको विशेष आर्थिक क्षेत्र(सेज) भैरहवाले जनाएको छ।

सेज परिसरमा हाल ब्रिलिएन्ट एलइडी, शक्ति मिनरल, विस्तार कम्पनी, पञ्चकन्या उद्योग, जयबुद्ध र एस पोलिमरले उत्पादन गरिरहेका छन् र तिरुपति मेटल पनि सञ्चालनको तयारीमा रहेको छ।  विसं २०७६ देखि निर्यात गर्न लागेको तीन उद्योगमध्ये आर्थिक वर्ष २०७६/७७ मा ब्रिलिएन्टले ५८ प्रतिशत, शक्ति मिनरलले २४ प्रतिशत र विस्तारले शतप्रतिशत निर्यात गरेका थिए। 

त्यस्तै, आर्थिक वर्ष २७७/७८ मा ब्रिलिएन्टले २४, शक्तिले २.५ प्रतिशत, विस्तारले ९९ र पञ्चकन्याले २ प्रतिशत मात्र निर्यात गरेको विशेष आर्थिक क्षेत्र (सेज) ले जनाएको छ। विशेष आर्थिक क्षेत्र (सेज) का कार्यकारी निर्देशक चण्डीका भट्टले विशेष आर्थिक क्षेत्र (सेज) का उद्योगबाट राज्यले उत्पादनको खर्च कटौती गर्नुपर्ने उल्लेख गर्दै निर्यातको ‘थ्रेस होल्ड’ प्रभावकारी नभएको बताए। 

images

'राज्यको नीति कमजोर भएका कारण हामीले अपेक्षित सफलता हासिल गर्न सकेका छैनौं', उनले भने। निर्देशक भट्टले नेपालबाट भएको उत्पादन बाहिरको बजारमा प्रतिस्पर्धा गर्न असहज भएकोले ऐनलाई संशोधन गरेर उद्योगमैत्री बनाउन आग्रह गरे।

चालू आर्थिक वर्ष २०७८/७९ को पुस महिनासम्म ब्रिलिएन्टले ४८, शक्तिले १२, विस्तारले ८७ र पञ्चकन्याले १ प्रतिशत मात्र निर्यात गरेको छ। हाल जयबुद्ध र एस पोलिमरले पनि उत्पादन गरिरहेको छ। पहिलो वर्ष अनिवार्य निर्यात गर्नुपर्ने प्रावधान नभए पनि उद्योगले आफ्नो उत्पादन नेपालभित्रै पनि बेच्न पाउने भट्टले जानकारी दिए।

देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका सामान उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न विशेष आर्थिक क्षेत्र ल्याइएको हो। सुरुवाती चरणमा उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान रहेकोमा हाल घटाएर ६० प्रतिशत गराइएको छ। 

विशेष आर्थिक क्षेत्रमा विशेष गरी वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्बल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक, गलैँचा तथा ऊनी समान, पश्मिना तथा रेशम, हातेकागजका वस्तु गरी १७ किसिमका उद्योग सेजमा रहने व्यवस्था छ।

विशेष आर्थिक क्षेत्र भैरहवाकी नीरा भट्टराईले भन्सार कार्यालय नजिकै रहेको बेलहियाबाट ढिलाइ नहुने गरी सेजको निर्यातलाई द्रुतगतिमा गर्ने गरी काम भइरहेको जानकारी दिए। भैरहवामा सरकारले सन् २००१ मा निर्यात प्रवर्द्धन केन्द्र स्थापना गर्न जग्गा अधिग्रहण सुरु गरेको थियो । सन् २००५ मा सेज अध्यादेश ल्याई सन् २००८ मा भैरहवामा सेज निर्माण सुरु भएको थियो।

सन् २००८ मा सेज विधेयक संसदमा पेस गरे पनि सन् २०१६ मा मात्रै ऐन पारित भएको थियो। सन् २०१० मा सरकारले औद्योगिक नीतिमार्फत सेजमा उद्योगलाई आयकर, भ्याट, भन्सारलगायत छुट र सुविधा दिने घोषणा गरे पनि उद्योगी सेजमा जान मानिरहेका छैनन्। 

विशेष आर्थिक क्षेत्रमा विशेष गरी वातावरणलाई असर नगर्ने खालका उद्योग सञ्चालन छन्। विशेष गरी खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्बल प्रोडक्ट छालाका वस्तु, तयारी पोशाक, गलैँचा तथा ऊनी समान, पश्मिना तथा रेशम, हातेकागजका बस्तु गरी १७ किसिमका उद्योग सेजमा रहने छ। ५२ बिघामा फैलिएको सेजमा ६८ वटा प्लट रहेको छ। रासस


प्रकाशित : बुधबार, माघ १९ २०७८१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend