सोमबार, चैत ४ गते २०८१    
सोमबार, चैत ४ २०८१
images
images

स्थानीयको माग पूरा गर्न रघुगंगाका पाँच जलविद्युत् आयोजना सहमत

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ४ २०८१
images
images
स्थानीयको माग पूरा गर्न रघुगंगाका पाँच जलविद्युत् आयोजना सहमत

रघुगंगाका सबै वडावासीलाई प्रभावित क्षेत्रमा राखेर १० प्रतिशत सेयर वितरणका लागि पनि जलविद्युत् आयोजना सहमत भएका छन्। आयोजनाले यसअगाडि प्रभावित क्षेत्रका बासिन्दालाई मात्रै सेयर प्रक्रियामा सहभागी गराउने गरेका थिए।

images
images

म्याग्दी- रघुगंगा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गतका काम पूरा गर्ने सहमति जनाएका छन्।

images
images

स्थानीयवासीको चर्को दबाबपछि रघुगंगामा निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले विभिन्न मागमा लिखित सहमति जनाएका हुन्।

images
images

विगत लामो समयदेखि समुदायका मागलाई बेवास्ता गर्दै आएका जलविद्युत् आयोजनालाई राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीसँगको विभिन्न समयमा भएको छलफलपछि गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित जनप्रतिनिधि, सरोकारवाला र जलविद्युत् आयोजनाका प्रमुखहरूको छलफलमा जीर्ण सडकको स्तरोन्नतिसहित मुख्य मागमा लिखित सहमति जनाएका हुन्।

images
images

आयोजनाहरूले प्रभावित क्षेत्रको सडकलाई स्तरोन्नतिका लागि विगतका सहमति पालनामा अटेरी गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएपछि ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव पाँच मेगावाटको ठूलोखोला ‘ए’, ३५ दशमलव पाँच मेगावाट क्षमताको राहुघाट मङ्गले, २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला र ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाले ३३ बुँदे लिखित माग पालना गर्ने बताएका थिए। 

गत फागुन १५ र २५ गते भएको सरोकारवालाको भेलाले गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका पाँच जलविद्युत् आयोजनालाई उक्त माग प्रस्तुत गरेकामा तत्काल र दीर्घकालीन रूपमा आयोजनाले गर्नुपर्ने उत्तरदायित्वका सम्बन्धमा लिखित प्रतिबद्धता गराइएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

जलविद्युत् आयोजनाले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाको सामूहिक मागका रूपमा पेस भएका बुँदामा बृहत् छलफल गरी सहमति भएको अध्यक्ष भण्डारीको भनाइ छ। 

रघुगंगाका सबै वडावासीलाई प्रभावित क्षेत्रमा राखेर १० प्रतिशत सेयर वितरणका लागि पनि जलविद्युत् आयोजना सहमत भएका छन्। आयोजनाले यसअगाडि प्रभावित क्षेत्रका बासिन्दालाई मात्रै सेयर प्रक्रियामा सहभागी गराउने गरेका थिए।

सहमतिपत्रमा बेनी-जोमसोम सडकखण्डको घुमाउने तालबाट मौवाफाँट हुँदै बाँध रहने बुक्लसम्मको सडकलाई तत्काल ग्राभेलसहित स्तरोन्नति गर्न रघुगंगा हाइड्रोपावरले लिखित प्रतिबद्धता गरेको छ।

हाल राहुघाट जलविद्युत् आयोजनाको आयोजना प्रतिवेदनमा सो सडकलाई ठेकेदार कम्पनीले आयोजना हस्तान्तरणका क्रममा ग्राभेलसहित स्तरोन्नति गर्ने उल्लेख भए पनि सरोकारवालाको मागबमोजिम घुमाउनेतालबाट मौवाफाँटसम्मको सडकलाई आयोजनाले कालोपत्र गरिनेछ।

राहुघाटको ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्सले आयोजनालाई सडक हस्तान्तरण गरेपछि डिबिएसटी प्रविधिको कालोपत्र गर्न रघुगंगा हाइड्रोपावरले ८० प्रतिशत र यस गाउँपालिकामा निर्माणाधीन अन्य आयोजनाले उत्पादन क्षमताका आधारमा बाँकी २० प्रतिशत लागत व्यहोर्ने छन्।

त्यसैगरी मौवाफाँटबाट दग्नाम, चिमखोला हुँदै पात्लेखर्कसम्मको मोटरबाटोलाई स्तरोन्नति गर्न तुँदी पावर, संयुक्त ऊर्जा र ठूलोखोला हाइड्रोपावरले चालु आर्थिक वर्षमा थप एक करोड ५० लाख बराबरको काम गर्ने र दीर्घकालीन रूपमा सडकलाई स्तरीय बनाउन गाउँपालिकासँगै प्रदेश र सङ्घीय सरकारसँगै हाल निर्माणाधीन जलविद्युत् आयोजनाले सहकार्य गर्ने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए।

यस्तै, आयोजना प्रभावित झिँ र पाखापानीमा पनि आयोजनाहरूले चालु आवमा सडक स्तरोन्नतिमा २५/२५ लाख उपलब्ध गराउने सहमति भएको छ।

आयोजनाले सामाजिक उत्तरदायित्वको रकमलाई पारदर्शी बनाउन वडा र पालिकाको संयुक्त सिफारिसमा मात्र बजेट खर्च गर्ने सहमति गरेका छन्भने खानेपानी योजना, सिँचाइ योजना निर्माणमा सघाउने र प्रभावित क्षेत्रका विद्यालयमा उपलब्ध गराउँदै आएको शिक्षक सहयोगलाई निरन्तरता गर्ने प्रतिबद्धता जनाएका छन्।

आयोजनाहरूले गर्नुपर्ने प्रतिबद्धतामा रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसी, तुँदी पावरका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल, ठूलोखोला हाइड्रोपावरका बित्त प्रमुख प्रदीप खतिवडा र संयुक्त ऊर्जा लिमिटेडका प्रबन्ध सञ्चालक गोपालप्रसाद निउरले हस्ताक्षर गरेका छन्। रासस


प्रकाशित : सोमबार, चैत ४ २०८११०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend