सोमबार, चैत ४ गते २०८१    
सोमबार, चैत ४ २०८१
images
images

भन्सार छलेर ल्याइएको २ करोड ७५ लाख रुपैयाँबराबरको सामानसहित तीन जना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ४ २०८१
images
images
भन्सार छलेर ल्याइएको २ करोड ७५ लाख रुपैयाँबराबरको सामानसहित तीन जना पक्राउ

'भन्सार छलेर औषधि तथा कपडा ल्याएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले बा ५ ख ७३१४ को सवारीसाधनसहित निजहरुलाई नियन्त्रणमा लिएको हो।'

images
images

काठमाडौं- प्रहरीले दुई करोड ७५ लाख ११ हजार ४ सय ९८ रुपैयाँ मूल्यबराबरको भन्सार छलेर ल्याएको सामानसहित तीन जनालाई नियन्त्रणमा लिइ आज सार्वजनिक गरेको छ।

images
images

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, साविक डराउनेपोखरी गाविस-२ घर भइ हाल ललितपुर महानगरपालिका-२१ पाटन बस्ने ३१ वर्षीय कृष्णगोपाल श्रेष्ठ, दोलखा मेलुङ गाउँपालिका-८ बस्ने ६१ वर्षीय हरिबहादुर श्रेष्ठ तथा नुवाकोट, बिदुर नगरपालिका-१२ बस्ने ४२ वर्षीय पुरुषोत्तम कोइराला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए।

images
images

उनले भने, 'यही चैत १ गतेराति काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित बा ५ ख ७३१४ नम्बरको गाडीमा भन्सार छलेर औषधि तथा कपडा ल्याएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले बा ५ ख ७३१४ को सवारीसाधनसहित निजहरुलाई नियन्त्रणमा लिएको हो।'

images
images

बरामद गरिएको उक्त सामानसहित निजहरुलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय ललितपुर पठाइएको प्रवक्ता बोहराले बताए। रासस


प्रकाशित : सोमबार, चैत ४ २०८१०९:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend