सोमबार, चैत ४ गते २०८१    
सोमबार, चैत ४ २०८१
images
images

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ४ २०८१
images
images
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ।
 
युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १३ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १८० रूपैयाँ ४२ पैसा, स्वीस फ्र्‍यांक एकको खरिददर १५६ रूपैयाँ ९० पैसा र बिक्रीदर १५७ रूपैयाँ ५८ पैसा कायम गरिएको छ।
 
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रूपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १३ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५८ पैसा निर्धारण गरिएको छ।
 
त्यसैगरी जापानी येन १० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रूपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ११ पैसा र बिक्रीदर ३८ रूपैयाँ २७ पैसा कायम भएको छ।
 
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७० पैसा र बिक्रीदर १३ रूपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २५ पैसा र बिक्रीदर २० रूपैयाँ ३४ पैसा तोकिएको छ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १७ रूपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ८७ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रूपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ३३ पैसा रहेको छ। भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ।
 
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ। रासस

images
images


प्रकाशित : सोमबार, चैत ४ २०८१०९:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend