सोमबार, चैत ४ गते २०८१    
सोमबार, चैत ४ २०८१
images
images

९ महिनामा ४ सय ३८ उद्योग दर्ता, १ खर्ब ७१ अर्बको लगानी प्रतिबद्धता

images
सोमबार, चैत ४ २०८१
images
images
९ महिनामा ४ सय ३८ उद्योग दर्ता, १ खर्ब ७१ अर्बको लगानी प्रतिबद्धता

चालु आवको ९ महिनामा ४० वटा ठूलास्तरका उद्योग रहेका छन्। ४० वटा ठूला उद्योगमा १ खर्ब ३९ अर्ब ८८ करोड ७३ लाख ५१ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुन मसान्तसम्ममा ४ सय ३८ वटा नयाँ उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार दर्ता भएका ४ सय ३८ वटा उद्योगमा १ खर्ब ७१ करोड ३५ लाख ७५ लाख ६८ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ। यी उद्योगमा २३ हजार ६४ जनाले रोजगारी पाउने प्रस्ताव आएको छ। 

images
images

विभागका अनुसार नयाँ दर्ता भएका उद्योगमध्ये साना प्रकृतिका उद्योगको संख्या ३ सय ७५ रहेको छ। साना प्रकृतिका उद्योगमा २३ अर्ब ८ करोड ४७ लाख २१ हजार रुपैयाँको लगानी प्रतिबद्धता रहेको छ।

images
images

यसैगरी २३ वटा मझौलास्तरका उद्योग दर्ता भएका छन्। यी २३ वटा उद्योगमा ८ अर्ब ३८ करोड ५४ लाख ९६ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ।

images
images

विभागका अनुसार चालु आवको ९ महिनामा ४० वटा ठूलास्तरका उद्योग रहेका छन्। ४० वटा ठूला उद्योगमा १ खर्ब ३९ अर्ब ८८ करोड ७३ लाख ५१ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ।

कस्ता उद्योग कति_.png

कस्तो उद्योगमा कति लगानी प्रतिबद्धता?

विभागका अनुसार ७ वटा कृषि र वन पैदारमा आधारित उद्योग दर्ता भएका छन्। सबै साना प्रकृतिका उद्योग दर्ता भएका छन्। दर्ता भएका उद्योगमा ७५ करोड ५० लाख रुपैयाँको लगानी प्रतिबद्धता रहेको छ।

यसैगरी ऊर्जामा आधारित १६ वटा उद्योग दर्ता भएका छन्। ऊर्जामा आधारित उद्योगमा ८६ अर्ब ९८ करोड २१ लाख ८१ हजार रुपैयाँको लगानी प्रतिबद्धता रहेको छ। जसमा ताप्लेजुंगमा क्रिस्टल पावर डेभल्पमेन्ट प्रालि (सुपर तामोर हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट) मा ३४ अर्ब १७ करोड रुपैयाँको लगानी प्रतिबद्धता रहेको छ। यसैगरी डोल्पा निर्माण हुने जगदुल्ला हाइड्रोपावर २३ अर्ब ५९ करोड रुपैयाँको लगानी प्रतिबद्धता रहेको छ।

यसैगरी सूचना प्रविधिमा आधारित ९३ वटा उद्योग दर्ता भएको छ। सूचना प्रविधिमा आधारित उद्योगमा ८५ करोड २४ लाख ५६ हजार रुपैयाँको लगानी प्रतिबद्धता रहेको छ।

लगानी प्रतिबद्धता आएका सबै सूचना प्रविधिमा आधारित उद्योग साना प्रकृतिमा मात्रै रहेका छन्। यसैगरी पूर्वाधारमा आधारित एउटामात्रै उद्योग दर्ता भएको छ। जसमा दुई करोड रुपैयाँको लगानी प्रतिबद्धता रहेको छ।

विभागकै अनुसार उत्पादनमा आधारित ६ वटा उद्योग दर्ता भएका छन्। उत्पादनमूलक उद्योगमा २१ अर्ब ६२ करोड रुपैयाँको लगानी प्रतिबद्धता रहेको छ।

यसैगरी खनिज पदार्थमा आधारित ६ वटा उद्योग दर्ता भएका छन्। जसमा ९१ करोड ९६ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

विभागका अनुसार सर्भिसमा आधारित ७६ वटा उद्योग दर्ता भएका छन्। ७६ वटा उद्योगमा ३० अर्ब ५० करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

विभागका अनुसार सबैभन्दा धेरै पर्यटनमा आधारित उद्योग दर्ता भएका छन्। ९ महिनामा १ सय ७१ वटा पर्यटनमा आधारित उद्योग दर्ता भएका छन्। दर्ता उद्योगमा २८ अर्ब ७२ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।


प्रकाशित : सोमबार, चैत ४ २०८१०९:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend