सोमबार, चैत ४ गते २०८१    
सोमबार, चैत ४ २०८१
images
images

राष्ट्रपतिद्वारा विद्युतीय व्यापारसहित चार विधेयक प्रमाणीकरण

images
आइतबार, चैत ३ २०८१
images
images
राष्ट्रपतिद्वारा विद्युतीय व्यापारसहित चार विधेयक प्रमाणीकरण

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चार विधेयक प्रमाणीकरण गरेका हुन्।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गरेका छन्। 

images
images

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई-कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ आज प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

images
images


प्रकाशित : आइतबार, चैत ३ २०८११७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend