सोमबार, चैत ४ गते २०८१    
सोमबार, चैत ४ २०८१
images
images

आईएमई समूहले निर्माण गरिरहेको जालपादेवी केबलकार उद्योगमा दर्ता, ४ अर्ब ४१ करोड लगानीको प्रतिबद्धता

images
सोमबार, चैत ४ २०८१
images
images
आईएमई समूहले निर्माण गरिरहेको जालपादेवी केबलकार उद्योगमा दर्ता, ४ अर्ब ४१ करोड लगानीको प्रतिबद्धता

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढावा दिने आईएमई समूहले विश्वास लिएको छ।

images
images

काठमाडौं- आईएमई समूहको लगानीमा कैलालीको चिसापानीमा निर्माण थालनी भएको जालपादेवी केबलकार उद्योगमा दर्ता भएको छ।

images
images

विभाग स्रोतका अनुसार ४ अर्ब ४१ करोड १ लाख ५८ हजार रुपैयाँ कुल पुँजी रहेने प्रतिबद्धताका साथ केबलकार विभागमा दर्ता भएको छ।

images
images

ठूला उद्योगअन्तर्गत यही फागुन २५ गत‍े उद्योग विभागमा दर्ता भएको केबलबारमा वार्षिक १ लाख ६० हजारलाई सेवा दिइने उल्लेख छ।दर्ता अभिलेखमा १ सय ६० जनालाई रोजगारी दिने उल्लेख छ। केबलकारक शिलन्यास २०८१ पुस १३ गते परराष्ट्रमन्त्री आरजू राणाको उपस्थितिमा भएको थियो।

images
images

कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको लम्बाइ ३.१ किलोमिटर हुने छ।

जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने जनाइएको छ।

Jalpadavi cablecar silannyas.jpeg
गएको पुस महिनामा जाल्पादेवी केबलकार शिलन्यासको क्रममा।

सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ। प्राकृतिक स्रोत एवं सम्पदाहरूले यो भूगोल सम्पन्न छ। सुदूरपश्चिम प्रदेशमा बन्ने केबलकार, होटलसहितको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुने अपेक्षा राखिएको उल्लेख गरिएको छ।

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढावा दिने आईएमई समूहले विश्वास लिएको छ।

लम्कीचुहा नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन्।

केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन्।


प्रकाशित : सोमबार, चैत ४ २०८१०६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend