आइतबार, चैत ३ गते २०८१    
आइतबार, चैत ३ २०८१
images
images

चन्दा संकलन गरेर मौरिस हर्जोग र अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्गको नक्सा तयार

images
आइतबार, चैत ३ २०८१
images
images
चन्दा संकलन गरेर मौरिस हर्जोग र अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्गको नक्सा तयार

यसअघि तयार पारिएको नक्सा पूर्ण नभएकाले यसपाली सबै समेटेर नक्सा बनाइएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरूङले बताए।

images
images

म्याग्दी- समुदायस्तरबाट चन्दा संकलन गरेर म्याग्दीको मौरिस हर्जोग र अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्गको नक्सा तयार पारिएको छ।

images
images

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण आधारशिविर जोड्ने मौरिस हर्जोग, पर्वतको जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरू समेटिएको अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्गको नक्सा बनाएका हुन्।

images
images

सरकारी निकायको आर्थिक सहयोगबिनै पर्यटनकर्मी चित्र तिलिजा पुन र लुकेश तिलिजा पुनले दुईवटै पदमार्गको पछिल्लो अवस्था समेटेर तयार पारेको नक्सा शनिबार बेनीमा सार्वजनिक गरिएको छ। 

images
images

संविधानसभा सदस्य गोविन्द पौडेल, प्रतिनिधिसभाका पूर्व सदस्य भूपेन्द्रबहादुर थापा, नेकपा (एमाले) म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापति कृष्णप्रसाद बरूवाल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धान्द्रुकका प्रमुख भीम उपाध्याय र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले नक्सा सार्वजनिक गरे।

'पुरानो नक्सामा अहिले थपिएका पूर्वाधार र सुविधाको जानकारी नहुँदा नयाँ नक्सा बनाउनुपर्ने आवाज उठेपछि समुदायस्तरबाट उठाएको ६ लाख रूपैयाँ खर्चेर दुई वटा पदमार्गमा पर्ने सबै स्थानमा पुगेर नयाँ नक्सा तयार पारेका हौँ,' चित्र तिलिजाले भने, 'होटल सुविधा र गन्तव्यको विशेषता सहितका जानकारी समेटिएको नयाँ नक्सा बजारमा पठाइसकेका छौँ। पर्यटन व्यवसायी, पथप्रदर्शक र पर्यटकलाई सहज हुनेछ।'

सरकारी निकायको झन्झटिलो प्रक्रिया पूरा गर्नुभन्दा समुदायको सहयोग जुटाएर नक्सा बनाएर राज्यलाई सहयोग गरिएको नक्सा निर्माणकर्ता तिलिजाद्वयले बताए। नक्सा तयार पार्न यहाँका होटल व्यवसायी र विदेशमा रहेका म्याग्देलीले सहयोग गरेका छन्।

यसअघि तयार पारिएको नक्सा पूर्ण नभएकाले यसपाली सबै समेटेर नक्सा बनाइएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरूङले बताए।

७५ वर्षअघि फ्रान्सेली आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमाल चढ्ने क्रममा हिँडेको पदमार्गलाई मौरिस हर्जोग नामकरण गरिएको छ। नारच्याङदेखि अन्नपूर्ण हिमालको आधारशिविर जोड्ने यो पदमार्ग तीनदेखि पाँच दिनमा यात्रा गर्न सकिन्छ।

पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागी, मोहरेडाँडा, खोपारा र खयर बराह ताल समेटिएको अन्नपूर्ण-धौलागिरी सामुदायिक पदमार्ग एक हप्तादेखि १० दिनसम्म यात्रा गर्न सकिन्छ। रासस


प्रकाशित : आइतबार, चैत ३ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend