आइतबार, चैत ३ गते २०८१    
आइतबार, चैत ३ २०८१
images
images

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ३ २०८१
images
images
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताए।

images
images

बन्दीपुर- आँबुखैरेनी गाउँपालिका-४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ। नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो। 

images
images

केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताए। उनले भने, 'हिउँ पग्लिएको छैन। मर्स्याङ्दीमा पानीको बहाव कम छ। पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ। हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ।'

images
images

उक्त परियोजनामा २३-२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन्। केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ। 'साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्यांकमा जम्मा गरेर छोड्ने गरिएको छ', सहायक प्रबन्धक हुसेनले बताए। 

images
images

मर्स्याङ्दी आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो। सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौंको स्युचाटार स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ। रासस


प्रकाशित : आइतबार, चैत ३ २०८११०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend