मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेप्सेको सीईओ छनाेटका लागि ५ जनाकाे नाम सर्टलिस्ट, अन्तर्वार्तामा बोलाइयो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ३ २०८१
नेप्सेको सीईओ छनाेटका लागि ५ जनाकाे नाम सर्टलिस्ट, अन्तर्वार्तामा बोलाइयो

काठमाडौै- नेप्सेको सीईओ छनोट समितिले दरखास्त दिएका १० जना मध्येबाट शैक्षिक योग्यता र व्यवसायिक कार्ययोजना मूल्यांकनको आधारमा ५ जनाको नाम सर्टलिस्ट गरेको छ। उनीहरूलाई चैत ६ गते बुधबार बिहान कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको छ।

सर्टलिस्टमा चुडामणी चापागाईं, नारदकुमार लुइँटेल, सीडीएस एण्ड क्लियरिङका पूर्वसीइओ पूर्णप्रसाद आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल छन्।

सीईओ छनोट समितिले फागुन १२ गते दरखास्त आह्वान गरेकामा सर्टलिस्टेड सहित युवराज दाहाल, प्रविण अधिकारी, बिमल कुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशीको आवेदन परेको थियो। छनोट समितिले सर्टलिस्टेडको अन्तर्वार्ता पछि तीन जनाको नाम सिफारिस गर्नेछ।

समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्‌ले सीईओ नियुक्त गर्नेछ।

सीईओ सिफारिसका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फागुन ११ गते वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए। समितिमा सहसचिव अमृत लम्साल र डा. खोमराज खरेल सदस्य छन्। 

fm 111.jpg


प्रकाशित : आइतबार, चैत ३ २०८१०७:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend