काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागु हुनेछ।
निगमले आईओसीबाट मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रूपैयाँ घटेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४/४ रूपैयाँले घटेको हो।
अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १ सय ५१ रुपैयाँमा बिक्री हुनेछ।
निगम सञ्चालक समितिको बैठकले शनिबार नै मूल्य समायोजन गर्ने निर्णय गरेको हो। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।