शनिबार, चैत २ गते २०८१    
शनिबार, चैत २ २०८१
images
images

उपत्यकामा 'प्रभात मोही' ब्रान्डिङसहित बजारमा

images
शनिबार, चैत २ २०८१
images
images
उपत्यकामा 'प्रभात मोही' ब्रान्डिङसहित बजारमा

उपत्यका बाहिरका जिल्लाहरुमा एक दर्जनजति डेरी उद्योगले लेबलिङ तथा प्याकेजिङ गरी बजारमा मोही बिक्री गरिरहेका छन्।

images
images

काठमाडौं- नवप्रभात डेरी उद्योग ललितपुरले लेबलिङ र प्याकेजिङसहित मोहीको ब्रान्डिङ गरी 'प्रभात मोही' बजारमा ल्याएको छ। उपत्यका बाहिर विभिन्न जिल्लाहरुमा भोजभतेर, महोत्सवलगायतमा लोकप्रिय बन्दै गएको मोहीको उपत्यकामा पनि ब्रान्डिङ गरी बिक्री थालिएको हो।

images
images

उपत्यका बाहिरका जिल्लाहरुमा एक दर्जनजति डेरी उद्योगले लेबलिङ तथा प्याकेजिङ गरी बजारमा मोही बिक्री गरिरहेका छन्। ललितपुरको नवप्रभात डेरीले पनि शनिबार दरबारमार्गको रैथाने कृषिउपज हाट बजारस्थित ओरियन्ट होटलमा एक कार्यक्रम गरी मोहीको ब्रान्डिङ गरी बिक्रीवितरणको सुरुवात गरेको हो।

images
images

कार्यक्रममा डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष एवं मोही अभियानका प्रमुख प्रल्हाद दाहालले मोहीलाई ब्रान्डिङ गरी हरेक उपभोक्ताको हात-हातमा पुर्‍याउने सपना पूरा भएको बताउँदै सबैलाई ढुक्क भएर बजारमा उपलब्ध मोही उपभोग गर्न अनुरोध गरे।

images
images

उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्रका सभापति डीबी बस्नेतले नेपाल डेरी एसोसिएसनले दूध तथा दुग्ध पदार्थ विविधीकरण गरी बजारमा पुर्‍याउन धेरै ठूलो मेहनत गरेको बताए।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले महासंघले 'एक गाउँ एक उत्पादन' कार्यक्रम ल्याएर मौलिक उत्पादनको संरक्षण गरेको बताए। उनले आम उपभोक्ताको मन जित्दै गुणस्तरमा ध्यान दिन डेरी उद्योगलाई सुझाव दिए।


प्रकाशित : शनिबार, चैत २ २०८११६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend