शनिबार, असोज ५ गते २०८१    
images
images

अन्तरदेशीय सुरक्षित कारोबार प्रणाली विकास गर्दै एडीबी 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १९ २०७८
images
images
अन्तरदेशीय सुरक्षित कारोबार प्रणाली विकास गर्दै एडीबी 

यो परियोजना दुई चरणमा सम्पन्न हुने छ। पहिलोमा प्रणाली डिजाइनको काम हुने छ। यो सन् २०२२ को मार्चसम्म सम्पन्न हुने छ।

images
images

काठमाडौं- एसियाली विकास बैंकले क्रस बोर्डर सुरक्षिति कारोबार प्रणालीको विकास गर्ने भएको छ। 

images
images
images

ब्लकचेन प्रविधिमा आधारित सुरक्षिति र किफायति कारोबार प्रणालीको विकास गर्नका लागि एडीबीले परियोजना सार्वजनिक गरेको छ। एसिया तथा प्यासेफिक क्षेत्रको विकासका लागि यो परियोजना ल्याइएको बैंकले जानकारी दिएको छ। 

आसियनप्लसथ्री देशका केन्द्रीय बैंक लाई प्रत्यक्षरुपमा ब्लकचेनमा सञ्जालमा जोड्नका लागि अग्रनी ब्लकचेन कम्पनीहरुसँग सहकार्य गरिने बैंकले बताएको छ। यो सञ्जालमा आसियनसँगै जापान, चीन र दक्षिण कोरिया रहनेछन्। 

प्रत्यक्ष रुपमा ब्लकचेनमा जोडिएपछि कारोबारको लागत तथा सेटलमेन्ट जवखिम पनि न्यून हुने बैंकको विश्वास छ। अहिले यो क्षेत्रमा आफ्नै कारोबार प्रणाली नहुँदा अमेरिका तथा युरोपियन सेन्टरसँग जोडिनुपर्दा सेटलमेन्टका लागि २ दिनसम्मको समय लाग्दै आएको छ। टाइमजोन फरक हुँदा सेटलमेन्ट समय लम्बिएको हो। 

images

यो परियोजना दुई चरणमा सम्पन्न हुने छ। पहिलोमा प्रणाली डिजाइनको काम हुने छ। यो सन् २०२२ को मार्चसम्म सम्पन्न हुने छ। त्यसपछि सन् २०२२को दोस्रो त्राइमासमा प्रोटोटाइप सार्वजनिक हुने छ। यसका लागि आसियनप्लसथ्रीका सरकारी अधिकारीहरुसँग छलफल हुने छ। 

 


प्रकाशित : बुधबार, माघ १९ २०७८०९:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend