आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

दूध बेचेर मासिक दुई लाख कमाइ

images
शनिबार, चैत २ २०८१
images
दूध बेचेर मासिक दुई लाख कमाइ

लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी हुने गरे पनि लकडाउनका कारण व्यवसाय धरासायी बनेपछि आफूले यस पेसा अँगालेको कृषक बाँस्तोला बताउँछन्।

images
images

तनहुँ- जिल्लाको व्यास नगरपालिका-१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका छन्। गाडी व्यवसायीसमेत रहेका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा गरेका हुन्।

images
images
images

लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी हुने गरे पनि लकडाउनका कारण व्यवसाय धरासायी बनेपछि आफूले यस पेसा अँगालेको कृषक बाँस्तोला बताउँछन्। उनका फार्ममा अहिले २२ वटा गाई छन्। जसमध्ये १५ वटा लइना गाईबाट दैनिक दुई सय लिटर दूध बिक्री गर्दै आउएका छन्। 'सुरूमा एक करोड रूपैयाँको लगानी भएको छ', उनले भने, 'मासिक चार लाख रूपैयाँको दूध बिक्री गर्छु, सबै खर्च कटाएर मासिक दुई लाख रूपैयाँ कमाउँदै आएको छु।'

images
images

त्यसैगरी अर्का दुग्ध व्यवसायी मेघनाथ आचार्यले नौ वटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आएका छन्। तेह्र वर्ष वैदेशिक रोजगारीमा रहेका आचार्य स्वदेश फर्किएर गाईपालन व्यवसायमा लागेका हुन्। खर्च कटाएर मासिक ४५ हजार रूपैयाँ कमाउँदै आएको कृषक आचार्य बताउँछन्। आफ्नो चार रोपनी र भाडामा १२ रोपनी जग्गा लिएर घाँसखेती गरेको छु', उनले भने, 'सुरूमा दश लाख रूपैयाँ लगानी गरी थालिएको व्यवसायबाट परिवार सन्तुष्ट छौँ।' 

images
images

गाउँका अधिकाँश व्यक्ति पशुपालन र कृषिमा लागेपछि यस क्षेत्रको मुहार फेरिएको छ। आर्थिक क्षेत्रमा सबल बन्नुका साथै अन्यका व्यक्तिका लागि पनि गरे हुँदो रहेछ भन्ने गतिलो सन्देश यस क्षेत्रका पशुपालन कृषकले दिएका छन्।

गाउँबाट दैनिक एक हजार ६ सय लिटर दूध बिक्री हुँदै आएको छ। उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखरामा बिक्री हुने गरेको छ। संस्थामा आबद्ध एकसय जना सेयर सदस्यमध्ये ६५ जना कृषकले पशुपालनबाट दुग्ध उत्पादन गर्दै आएको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए।

उनले भने, 'कृषकको खरिद मूल्यअनुरूप दैनिक एक लाख ३० हजार रूपैयाँ मूल्यको दूध संकलन हुने गरेको छ, थोरैमा १५ हजार रूपैयाँदेखि दुई लाखसम्म मासिक कमाउने गरेका छन्।' यहाँ उत्पादित दूधमध्ये दमौलीमा रहेका दुई डिपोबाट ६ सय लिटर र बाँकी एक हजार लिटर दूध सुजल डेरी पोखरामा पठाइने गरिएको छ। पोखरा नपठाइ स्थानीय बजारमा नै खपत गर्न सकिए यहाँका कृषकले अझै बढी फाइदा लिनसक्ने उनी बताउँछन्।

दूधका साथै दही, पनिर, नौनी र घ्यू पनि बिक्री गर्ने गरिएको छ। आठ जना कर्मचारीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। यस क्षेत्रका अधिकांश मानिसहरू पशुपालन गरी आत्मनिर्भर बन्न सफल भएका छन्। व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुनसक्ने संस्थाका अध्यक्ष केशवबहादुर रानाले बताए।

गाउँ नजिकै दुग्ध संकलन केन्द्र रहेकाले कृषकले बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न समेत सहज भएको छ। कृषकका मागबमोजिम बेलबास दुग्ध उत्पादक सहकारी संस्थालाई दुई वटा डिप फ्रिज अनुदानमा सहयोग गरिएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए। उनले भने, 'नगरपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रतिलिटर दूधमा एक रूपैयाँ अनुदान प्रदान गर्दै आएकोमा वृद्धि गर्ने योजना बनाएको छ।' रासस


प्रकाशित : शनिबार, चैत २ २०८१११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend