मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

आईएमएफले पास गर्‍यो ईसीएफको पाचौँ समीक्षा, नेपालले थप ४ करोड १८ लाख डलर सहायता पाउने

शनिबार, चैत २ २०८१
आईएमएफले पास गर्‍यो ईसीएफको पाचौँ समीक्षा, नेपालले थप ४ करोड १८ लाख डलर सहायता पाउने

मार्च १२ मा आईएफएफले पाचौँ रिभ्य पास गर्दै नेपालको प्रगति सन्तोषजनक रहेको भन्दै थप सहायता उपलब्ध गराउने निर्णय गरेको हो।

काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) को कार्यकारी बोर्डले विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको पाचौँ रिभ्यु पास गरेको छ। आईएमएफको बोर्डले उक्त रिभ्यु परित गरेसँगै नेपालाई ईसीएफअन्तर्गतको  ४१.८ मिलियन डलर (करिब ५ अर्ब ८० करोड रुपैयाँ) थप सहायता निकासा दिने भएको छ।

गत असार २६ गते चौथो किस्ता दिएको आईएमएफ मिसन टोलीले पाचौँ किस्ता समीक्षा गर्नका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित मन्त्रालयका अधिकारीहरु र राष्ट्र बैंकका गभर्नरसँग भेट गरेको थियो।

मार्च १२ मा आईएफएफले पाचौँ रिभ्य पास गर्दै नेपालको प्रगति सन्तोषजनक रहेको भन्दै थप सहायता उपलब्ध गराउने निर्णय गरेको हो। 

नेपालमा रहेको राजनीतिक अस्थिरता र गत असोजमा गएको बाढी पहिरोको बाबजुद नेपालले आर्थिकरुपमा थप प्रगति गरेको भन्दै सहायता उपलब्ध गराउने निर्णय आईएमएफले गरेको हो। 

पछिल्लो समय नेपालले पुँजीगत खर्च बढाउन गरेको प्रयास, सजगतापूर्वक लचिलो मौद्रिक नीतिमा राष्ट्र बैंकको अडान र जलविद्युत उत्पादनमा भइरहेको वृद्धिलाई समर्थन गर्दै आईएमएफले उक्त सहायता उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

नेपालले आन्तरिक मागमा कमी आएसँगै अर्थतन्त्रले चुनौतीहरूको सामना गरिरहेको आईएमएफको निष्कर्ष रहेको छ। गत असोजमा गएको बाढीका कारण उत्पन्न अवरोधका कारण आर्थिक गतिविधिमा मध्यम वृद्धि हुने आईएमएफले अपेक्षा लिएको छ। यस बाढी पहिरोका कारण क्षतिग्रस्त भएका संरचनाहरुको पुनर्निर्माणमा पुँजीगत खर्च वृद्धि हुने अनुमान आईएमएफले गरेको छ।

अनुकूल मौद्रिक नीतिको अडान र थप जलविद्युत उत्पादनले आर्थिक वर्ष २०२४/२५ मा नेपालले वृद्धि ४.२ प्रतिशत अनुमान आईएमएफको रहेको छ। यस्तै औसत मुद्रास्फीति नेपाल राष्ट्र बैंकको लगभग ५ प्रतिशतको लक्ष्यको नजिक रहने अनुमानलाई आईएमएफले सकारात्मक रुपमा हेरेको छ। 

नेपालले वित्तीय तथा मौद्रिक क्षेत्रमा सुधार गर्ने भन्दै आईएफएमसँग २०७८ पुसमा विस्तारित कर्जा सुविधाबापत ३९ करोड ८८ लाख डलर सहायता लिने निर्णय गरेको थियो। आईएमएफले पहिलो किस्ता बापत २०७८ पुस २८ मा ११ करोड दिएको थियो। त्यसको १६ महिनापछि आईएमएफले दोस्रो किस्ताबापत ५ करोड ५० लाख अमेरिकी डलर सहायता उपलब्ध गराएको थियो। तेस्रो किस्ताबापत आईएमएफले ५ करोड २२ लाख डलर सहायता उपलब्ध गराएका थिए।

गत असरमा आईएमएफले चौथो किस्ताबापत ४ करोड १३ लाख अमेरकी डलर सहायता उपलब्ध गराएको थियो। आईएमएफले ३८ महिनामा विभिन्न ७ किस्तामा उक्त सहायता उपलब्ध गराउने बताएको थियो।  

अब आईएमएफले दुई किस्तामा ९ करोड ८५ लाख डलर सहायता उपलब्ध गराउन बाँकी रहेको छ।


प्रकाशित : शनिबार, चैत २ २०८१०९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend