शनिबार, चैत २ गते २०८१    
शनिबार, चैत २ २०८१
images
images

वर्षौँदेखि ऊर्जा संकटको चपेटामा ओद्योगिक क्षेत्र : ८ बाट बढाएर दैनिक १२ घण्टा लोडसेडिङ

images
शनिबार, चैत २ २०८१
images
images
वर्षौँदेखि ऊर्जा संकटको चपेटामा ओद्योगिक क्षेत्र : ८ बाट बढाएर दैनिक १२ घण्टा लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएको पनि ८ वर्ष पुग्न लागिसकेको छ। तर उद्योगमा विद्युत समस्या उस्तै छ।

images
images

काठमाडौं- नेपालमा लोडसेडिङ हटेको चर्चा चलेको नै वर्षौँ भइसक्दा उद्योगहरूले भने निरन्तर लोडसेडिङ भोगिरहेका छन्। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रत्येक भाषणमा आफूले लोडसेडिङ अन्त्य गरेको जस लिने गरेको भए पनि औद्योगिक क्षेत्रमा विद्युत अभावको समस्या समाधान हुन सकेको छैन। 

images
images

२०७५ साल बैशाख ३१ गतेदेखि नै देशभर लोडसेडिङ अन्त्य भनियो तर आजसम्म उद्योगले आवश्यकताअनुसार बिजुली पाउन सकेका छैनन्। जसका कारण अधिकांश उद्योग क्षमतामा चल्न पाएका छैनन्।

images
images

लोडसेडिङ अन्त्य हुनु भनेको ५९ लाख ग्राहकका लागि घरायसी र उद्योग सबैलाई आवश्यकताअनुसार २४ घण्टा नै बिजुली दिनुपर्ने भएता पनि अहिलेसम्म दिन सकेको अवस्था छैन।

images
images

नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा घिसिङ आएको पनि ८ वर्ष पुग्न लागिसकेको छ। तर उद्योगमा विद्युत समस्या उस्तै छ। लोडसेडिङमात्रै होइन घिसिङले विभिन्न विवादमा समेत उद्योगहरूकै लाइन काट्ने गरेका छन्। 

उद्योगहरूले बिजुली नपाउँदा प्रत्येक दिन ८ घण्टा लोडसेडिङ भोग्दै आएका छन्। विद्युत प्राधिकरणले उज्यालो नेपालको नारा दिए पनि अहिलेसम्म ग्राहकले आवश्यकताअनुसार बिजुली पाउन सकेका छैनन्।

भारतबाट सोलार आवरमा मात्रै बिजुली आउने भएपछि औद्योगिक क्षेत्रमा ८ घण्टाबाट लोडसेडिङ १२ घण्टा पुर्‍याउन लागिएको छ। भारतबाट ७ सय मेगावाटभन्दा धेरै बिजुली आयात भइरहेको बेला आज शनिबारदेखि ‘सोलार आवर’ सुरु हुँदैछ।

नेपाल विद्युत प्राधिकरणले भारतीय एक्सचेन्ज मार्केटबाट बिजुली किन्दै आन्तरिक माग पूर्ति गर्ने प्रयास गर्दै आएको छ। विद्युत उत्पादन कम हुने मार्च १५ देखि मे १५ सम्म तीन महिनाको समयमा भारतीय एक्सचेन्ज मार्केटमा ‘सोलार आवर’ अर्थात बिहान ६ देखि बेलुकी ६ बजेसम्म मात्रै बिजुली आयात गर्न सकिन्छ। रातिको समयमा आयात गर्न सकिन्न। योसँगै अब प्राधिकरणले ‍औद्योगिक क्षेत्रमा १२ घण्टा लोडसेडिङ गर्न लागेको हो।

नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा घिसिङलाई सरकारले पहिलोपटक २०७३ साल भदौ २९ गते चार वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो। चार वर्षका लागि नियुक्त भएका घिसिङ २०७७ भदौ २९ मा कार्यकाल सकियो। त्यसपछि भने सरकारले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो। तर शाक्यलाई तत्कालीन सरकारले हटाएर २०७८ साउन २७ मा घिसिङलाई नै दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्‍यो। अब साउन २७ मा उनको दोस्रो कार्यकाल पनि सकिँदै छ।

विद्युत प्राधिकरणमा घिसिङले अभिछिन्न नेतृत्व गरे पनि दीर्घकालीन परियोजनामा काम गर्न नसक्दा अहिलेसम्म पनि उपभोक्ताले उस्तै समस्या भोग्नुपरेको छ।

घिसिङले पहिलो कार्यकालमा ठूला ग्राहकको लाइन काटेर साना ग्राहकलाई विद्युत दिँदै लोडसेडिङ हटाउनुबाहेक अन्य परियोजनामा उल्लेख्य काम गर्न असफल भए। 

९९ प्रतिशत घरमा बिजुली पुगेको दाबी गर्ने प्राधिकरणले ग्राहकलाई अवश्यकताअनुसार बिजुली दिन सकेको छैन। पूरै डिमान्डको ४० प्रतिशत बिजुली चाहिने उद्योग क्षेत्रमा लोडसेडिङ १२ घण्टा पुर्‍याउन लागिएको छ। जुन प्रत्येक वर्ष हुँदै आएको छ।


प्रकाशित : शनिबार, चैत २ २०८१०८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend