शुक्रबार, चैत १ गते २०८१    
शुक्रबार, चैत १ २०८१
images
images

बजेट अभावमा रोकियो हरेक पाँच वर्षमा गरिने गैँडा गणनाको काम, दातृ निकायले गरेनन् सहयोग

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १ २०८१
images
images
बजेट अभावमा रोकियो हरेक पाँच वर्षमा गरिने गैँडा गणनाको काम, दातृ निकायले गरेनन् सहयोग

यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोष्टमार्फत एक/एक गैँडाको संकेतका आधारमा अवस्था पहिचान गरिने तयारी छ।

images
images

चितवन- हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ। 
 
दाताहरुको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए। सरकारले गैँडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन। 
 
यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोष्टमार्फत एक/एक गैँडाको संकेतका आधारमा अवस्था पहिचान गरिने उनले बताए। निकुञ्जको सम्पूर्ण जनशक्ति परिचालन गरेर सम्भवभएसम्म गणना गरिने उनले बताए।
 
महानिर्देशक कँडेलले भने, 'गणनाजस्तै गरी यकिन सङ्ख्या सार्वजनिक नभए पनि सूक्ष्म रुपमा एकएक गैँडाको चिह्नको आधारमा अवस्था पत्ता लाग्छ।'

images
images

विभागले निकुञ्जसँग सहकार्य गर्ने विभिन्न दातृ निकायसँग मिलेर गैँडा गणना गर्दै आएको थियो। 

images
images

चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा पाइन्छन्। गणनाले सबैभन्दा बढी चितवनमा रहेका देखाएको थियो। उक्त गणनाअनुसार त्यसबेला ७५२ गैँडा थिए। चितवन राष्ट्रिय निकुञ्जमा ६९४ एकसिङ्गे गैँडा थिए। बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन वटा त्यस्ता गैँडा रहेका तथ्यांक छ।
 
नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८, १९९५ मा ४६६ गैँडा रहेका विभागले जनाएको छ।

images
images

यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ र सन् २०१५ मा ६४५ गैँडा थिए। यसअघि सन् २०२१ मा गैँडा गणना गरिएको थियो। रासस


प्रकाशित : शुक्रबार, चैत १ २०८११०:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend