सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

टोयोटाको नयाँ विद्युतीय कार सी-एचआरप्लस : बन्ला मासमार्केट ईभी?

images
शुक्रबार, चैत १ २०८१
images
images
टोयोटाको नयाँ विद्युतीय कार सी-एचआरप्लस : बन्ला मासमार्केट ईभी?

नयाँ विद्युतीय एसयूभी सी-एचआरप्लसले १ सय ५० किलोवाट डीसी फास्ट चार्ज सपोर्ट गर्ने दाबी टोयोटाले गरेको छ।

images
images

काठमाडौं- विश्वको सबैभन्दा धेरै कार बिक्री गर्ने जापानी कम्पनी टोयोटाले अर्को नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ। टोयोटाले युरोपेली बजारलाई लक्षित गरेर नयाँ विद्युतीय कार 'सी-एचआरप्लस' सार्वजनिक गरेको हो। 

images
images

यसअघि टोयोटाले 'बीजेडफोरएक्स' नामक विद्युतीय कार बिक्री गर्दै आएको छ। 'सी-एचआरप्लस' 'बीजेडफोरएक्स'भन्दा केही सानो तर धेरै रेन्ज दिनेगरी बजारमा ल्याएको छ। 'बीजेडफोरएक्स'भन्दा नयाँ विद्युतीय कार आकर्षक डिजाइनमा देखिएको छ। 

images
images

टोयोटाले विद्युतीय सवारीको लाइनअप बढाउँदै लगेको छ। गतसाता भएको टोयोटाको वार्षिक प्रोडक्ट रणनीति कार्यक्रममा नयाँ विद्युतीय कार शोकेस गरेको थियो। कम्पनीले नयाँ विद्युतीय एसयूभी सी-एचआरप्लसको नाममा ल्याउने बताएको हो। 

images
images

टोयोटाले सी-एचआर नाममा यसअघि आईसीई भर्सन पनि बिक्री गर्दै आएको थियो। २०२२ बाट उक्त मोडलको आईसीई गाडीको बिक्री बन्द गरेको थियो। उक्त मोडलको तुलनामा विद्युतीय मोडलको लुक्समै पनि निक्कै परिवर्तन गरिएको छ। 

सी-एचआरप्लस दुई ब्याट्री अप्सनमा आउने छ। ५७.७ किलोवाट आवर र ७७ किलोवाट आवर ब्याट्री अप्सनमा आउने सी-एचआरप्लसको रेन्ज अधिकतम ६ सय किलोमिटरसम्म हुनेछ। यो रेन्ज डब्लूएलटीपीले प्रमाणित गरेको छ। 

२ सय ५२ किलोवाट पावर भएको सी-एचआरप्लसले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ५.२ सेकेन्डमा तय गर्नेछ। यो अल ह्वील ड्राइभ अप्सनमा हुनेछ। त्यस्तै फ्रन्ट ह्वील ड्राइभ अप्सनमा ५७.७ किलोवाट आवर ब्याट्री प्याकयुक्त कारले १ सय ६७ हर्सपावर(१२३ केडब्लू) र ७७ किलोवाट आवर ब्याट्री प्याकयुक्त कारले २ सय २४ हर्सपावर(१६५ केडब्लू) पावर दिनेछ। 

नयाँ विद्युतीय एसयूभी सी-एचआरप्लस ‘क्लास एभोव’ हुने दाबी टोयोटाले गरेको छ। यो कारलाई टोयोटाले आधुनिक विशेषताले सुसज्जित बनाएको छ। टोयोटा सेफ्टी सेन्स यो कारमा हुने छ जुन सुरक्षा र ड्राइभर असिस्टेन्ट सिस्टमयुक्त टोयोटाको नयाँ प्रविधि हो। 

ब्लाइन्ड स्पट मोनिटर, एडप्टिभ हाइ-बीम हेडलाइट, पार्किङ सपोर्ट ब्रेकलगायत विशेषता सबै रेन्जमा उपलब्ध हुनेछ। केही समय भित्रै सार्वजनिक गर्ने तयारी गरेकाले टोयोटाले उक्त कारको सबै विशेषता भने सार्वजनिक गरिसकेको छैन। 

नयाँ विद्युतीय एसयूभी सी-एचआरप्लसले १ सय ५० किलोवाट डीसी फास्ट चार्ज सपोर्ट गर्ने दाबी टोयोटाले गरेको छ। टोयोटाले ब्याट्रीको राम्रो पर्फमेन्सका लागि नयाँ विशेषता ल्याएको र त्यो नयाँ कारमा समावेश हुनेछ। 

यो कार टोयोटाले युरोपेली बजारका लागि यही वर्ष बिक्रीमा ल्याउने छ। २०२६ देखि युरोपमै उत्पादन गर्ने र विश्वका अन्य बजारमा क्रमिक रुपमा बिक्रीका लागि उपलब्ध गराउने योजना टोयोटाले बनाएको छ।

टोयोटाले बीजेडफोरएक्स ३७ हजार ७० डलरबाट विश्व बजरामा बिक्रीका लागि उपलब्ध छ। नयाँ सी-एचआरप्लस केही सानो भएकाले यसको मूल्य ३० हजार डलर हाराहारीबाट उपलब्ध हुने अनुमान गरिएको छ। 


प्रकाशित : शुक्रबार, चैत १ २०८११०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend