शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

किन हाइड्रोपावर कम्पनीहरूमा नै आकर्षित भइरहेका छन् सेयर लगानीकर्ता?

images
बुधबार, माघ १९ २०७८
images
किन हाइड्रोपावर कम्पनीहरूमा नै आकर्षित भइरहेका छन् सेयर लगानीकर्ता?
images
images

काठमाडौं- स्थानीय तहको चुनावी सहमतिसँगै उकालो यात्रामा लागेको सेयर बजारमा पुन: लगानीकर्ताहरू हाइड्रोपावर कम्पनीहरूमा नै आकर्षित भएका छन्। 

images
images
images

नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० बिन्दुमा पुगेको मंगलबारको कारोबारमा अधिकांश हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। प्रायः सबै हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य बढेको छ। जसमा जलविद्युत उपसमूहको सूचक ३.२२ प्रतिशतले बढेको छ। 

images
images

जसमा बुद्धभूमि हाइड्रोपावरको ९.९९ प्रतिशत, नेशनल हाइड्रोपावरको ७.५० प्रतिशत र मैलुङ खोला जलविद्युतको ५.५२ प्रतिशतले बढेको छ।

images
images

मंगलबारको कारोबारको आधारमा नेशनल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३९ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस वर्ष कम्पनीले आकर्षक लाभांश दिने चर्चा सार्वजनिक भएसँगै नेशनल हाइड्रोपावरको सेयर खरीद बिक्री बढेको हो।

यस्तै अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख र अपि पावरको ३५ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

जलविद्युत कम्पनीको सेयर तुलनात्मक रुपमा कम हुन्छ। सेयर संख्या कम हुने भएकाले लगानीकर्ताहरूलाई खेलाउन सबैभन्दा सजिलो हुने गरेको छ। यस पटकको बुलमा अझै पनि जलविद्युत कम्पनीको सेयर बढ्न सक्ने देखिन्छ। यस्तोमा सेयर बजारमा अहिले सबै सूचकहरू राम्रो हुँदै गएकोले २२ अर्ब कारोबार र ३२०० अंकलाई उछिनेर माथि जाने देखिएको विश्लेषकहरू बताउँछन्। 

बुधबार बन्द रहेको कारोबारमा मंगलबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ३.९८ ले बढेको भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले बढेको थियो।

मंगलबार कारोबारमा आएका २ सय २३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६ सय ५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४ सय १८ रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो। 

त्यस्तै नेप्से कारोबारमा १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक बढेको थियो भने बाँकी ४ उपसमूहको सूचकमा गिरावट आएको थियो। विकास बैंक उपसमूहको उपसूचक १.६१ प्रतिशत, फाइनान्स उपसमूहको उपसूचक १.४८ प्रतिशतले बढेको थियो। अन्य बाँकी उपसमूहको उपसूचक एक प्रतिशत भन्दा कमले बढ्यो। मंगलबार सबैभन्दा बढी व्यापार उपसमूहको सूचक ०.५३ प्रतिशतले गिरावट आएको थियो।


प्रकाशित : बुधबार, माघ १९ २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend