शुक्रबार, चैत १ गते २०८१    
शुक्रबार, चैत १ २०८१
images
images

फागुपूर्णिमामा यसरी रमाइरहेका छन् विदेशी पर्यटक [फोटो फिचर]

images
बिहीबार , फागुन २९ २०८१
images
images
फागुपूर्णिमामा यसरी रमाइरहेका छन् विदेशी पर्यटक [फोटो फिचर]

संस्कृति, सम्पदा र पर्यटनको दृश्यांकनका लागि नेपाल आएका एक सय चिनियाँ फोटोग्राफर पनि वसन्तपुरमा फागुपूर्णिमा मनाइरहेका छन्।

images
images

काठमाडौं- आज फागुपूर्णिमा अर्थात् रंगहरुको चाड। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा बिहीबार काठमाडौं उपत्यका लगायत पहाडी भेगमा हर्षोल्लासका साथ मनाइँदैछ।

images
images

यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले विशेष रूमपा होली अर्थात् फागु पूर्णिमा पर्व मनाउन थालेका छन्। बिहानैदेखि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोकास्थित वसन्तपुर दरबार क्षेत्रमा मानिसको चहलपहल बढेको छ। 

images
images

संस्कृति, सम्पदा र पर्यटनको दृश्यांकनका लागि नेपाल आएका एक सय चिनियाँ फोटोग्राफर पनि वसन्तपुरमा फागुपूर्णिमा मनाइरहेका छन्। अन्य देशबाट नेपाल भ्रमणमा आएका पर्यटक पनि नयाँ पर्वको उल्लासमा खुसी देखिन्छन्। 

images
images

काठमाडौं वसन्तपुर दरबार क्षेत्रमा जम्मा भएकाहरुले पनि चिनजानका मानिसलाई मात्र रङ दल्ने र पानीका लोला हान्ने गरेको देखिन्छ। वसन्तपुर दरबार क्षेत्रमा आज दिनभर फागुपूर्णिमा उत्सव मनाइन्छ। 

विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौंमा फागुपूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ। फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ। यस अवसरमा आज हिमाली र पहाडी क्षेत्रका ५६ जिल्लामा सरकारले बिदा दिएको छ। भोलि शुक्रबार तराइ क्षेत्रका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

holi 2081 basantapur (2).jpg
holi 2081 basantapur (6).jpg

holi 2081 basantapur (3).jpg

holi 2081 basantapur (4).jpg
holi 2081 basantapur (5).jpg
holi 2081 basantapur (7).jpg
holi 2081 basantapur (8).jpg
holi 2081 basantapur (9).jpg

तस्बिरहरू : रासस


प्रकाशित : बिहीबार , फागुन २९ २०८११३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend