बुधबार, फागुन २८ गते २०८१    
बुधबार, फागुन २८ २०८१
images
images

प्रतिनिधिसभामा निजीकरण विधेयकसँगै व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी संशोधन विधेयक पेस

images
बुधबार, फागुन २८ २०८१
images
images
प्रतिनिधिसभामा निजीकरण विधेयकसँगै व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी संशोधन विधेयक पेस

बन्द, रुग्ण र घटामा रहेका संस्थालाई यही अवस्थामा रहन दिन नसकिने, त्यहाँ रहेका सम्पत्तिको व्यवस्थापन गरेर जानुपर्ने आवश्यकता बोध गरी उक्त विधेयक ल्याइएको अर्थमन्त्री विष्णु पौडेलले स्पष्ट पारे।

images
images

काठमाडौं- प्रतिनिधिसभामा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पेस भएको छ। सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पेस गरेका हुन्।

images
images

बैठकमा अर्थमन्त्री पौडेलले विरोधका सूचना राख्ने सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रस्तुत विधेयकले आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्ने तथा लगानी अभिवृद्धिका निम्ति अनकूल वातावरण निर्माण गर्ने स्पष्ट पारे।

images
images

बैठकले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु प्रभु साह, शेरबहादुर कुँवर, प्रेम सुवाल, रणेन्द्र बराली, चित्रबहादुर केसी र हितबहादुर तामाङबाट प्राप्त विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो। 

images
images

आजको बैठकमा निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ पनि प्रस्तुत भएको छ। अर्थमन्त्री पौडेलले उक्त विधेयक प्रस्तुत गरेका हुन्।

बन्द, रुग्ण र घटामा रहेका संस्थालाई यही अवस्थामा रहन दिन नसकिने, त्यहाँ रहेका सम्पत्तिको व्यवस्थापन गरेर जानुपर्ने आवश्यकता बोध गरी उक्त विधेयक ल्याइएको अर्थमन्त्री पौडेलले स्पष्ट पारे। रासस


प्रकाशित : बुधबार, फागुन २८ २०८११६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend