शनिबार, साउन १२ गते २०८१    
images
images
images

एयर ट्याक्सीमा प्रतिस्पर्धा

images
बिहीबार , माघ २० २०७८
images
images
एयर ट्याक्सीमा प्रतिस्पर्धा

अहिले एयर ट्याक्सकी वृहत अध्ययन अनुसन्धान तथा परीक्षण भइरहेको छ। यसका लागि भविष्य जतिसुकै उज्यालो भएपनि अहिले भने कठिन छ।

images

काठमाडौं- विज्ञान प्रविधिको क्षेत्रमा अगाडि रहेका राष्ट्र तथा त्यहाँका कम्पनीहरूबीच एउटा नयाँ प्रतिस्पर्धा तीव्र बनेको छ। प्रविधिमा कसले कसलाई उछिन्ने भनेर शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा कुनै नयाँ होइन। 

images
images

पछिल्लो समय यो दौडमा थपिएको कुरा भने धर्तीको होइन आकाशको प्रतिस्पर्धा हो। अन्तरीक्षकै बारेमा तीव्र प्रतिस्पर्धा भइरहेका बेला एयर ट्याक्सीमा अहिले संसारभर अध्ययन अनुसन्धान भइरहेको छ। अमेरिका, युरोपियन युनियन र चीनका बीचमा यस्तो प्रतिस्पर्धा देखिएको छ। 

images

न  हवाई जहाज न हेलिकप्टर जस्तो तर उड्ने एउटा यन्त्र/उपकरण बनाउनका  लागि अहिले संसारभर २ सयभन्दा बढी परियोजना चलिरहेका छन्। परामर्श संस्था म्याक्निन्सीको प्रतिवेदनअनुसार यस्तो परियोजनामा संसारभर गत वर्ष मात्र ५.१ अर्ब अमेरिकी डलर लगानी भएको थियो। 

संसारका जुनसुकै देशमा यस्ता परियोजना भएपनि कामको एउटा समानता छ। त्यो हो ड्रोनको पुन:एसेम्बलिङ गरेर डिजाइन। हेलिकप्टर जस्तै उडान तथा अवतरण गर्नका लागि साना रोटरहरुको प्रयोग बारे अध्ययन भइरहेका छन्। तर यो आइडिया हेलिकप्ट रभन्दा सस्तो, हरित छ। इलेक्ट्रिक भर्टिकल टेकअफ ल्यान्डिङको यो अवधारणाको डिजाइनमा छोटो दुरीको उडान गर्नसक्ने छ। विशेषगरी सहरी क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा उडेर जानका लागि उपयोगी हुने कुरालाई अहिलेसम्मका अध्ययनले केन्द्रित बनाइरहेका छन्। इन्जिनियरहरू यसैमा लागिरहेका छन्। 

images

इन्जिनियरहरू उड्ने ट्याक्सीको निर्माणमा लागिरहँदा निर्माणपछिको पहिलो चुनौतीका बारेमा भने अहिलेसम्म खासै छलफल भएको छैन। अहिले यो क्षेत्रमा अनुसन्धानमात्रै भइरहेको छ। यसको परीक्षण उडान नभएको त होइन तर व्यवसायिक रूपमै उडानका लागि परियोजना सफल भएका छैनन्। यद्यपि नियामकीय व्यवस्थापन ठूलो चुनौतीका रुपमा देखिएको छ। अहिले विकास भइरहेका यस्ता ट्याक्सीकतिपय अटोपाइलट छन्। पाइलट नै नभएका पनि डिजाइन भइरहेका छन्। यस्तोमा उड्डयन सुरक्षालाई कसरी ग्यारेन्टी गरिन्छ भनेर विशेषगरी अमेरिका, चीन र इयूका नियामकहरूले कस्तो व्यवहार गर्छन् भन्ने कुरामा भरपर्ने छ। 

कयौं देशमा अहिले परीक्षण उडान तीव्र बनेको छ। चिनियाँ कम्पनी अटोफ्लाइटले जर्मनीको अग्सबर्ग विमानस्थलबाट आफ्नो एयर ट्याक्सी प्रोस्परिटी-१ को उडान गर्ने तयारी गरेको छ। यो कम्पनीले कार्गो ड्रोनमा आधारित रहेर यो ट्याक्सी बनाएको छ। कम्पनीले बनाएको यो एयर ट्याक्सीले तीन जना यात्रु बोक्ने सक्ने बतायएको छ। यसमा पाइलट पनि हुने छन्। 

हेलिकप्टरजस्तो पनि नभएको, जहाजजस्तो पनि नभएको यो उपकरणले कस्तो प्रकारको सर्टिफिकेट पाउँछ। त्यसको पहिचान यसले जर्मनीमा उडान गरेपछि थाहा हुनेछ। यो उडानपछि युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सीले कस्तो वर्गिकरण गर्छ भन्ने कुराको पहिचान हुने छ। यो केवल वर्गिकरणमात्र हुने छैन यसको एयरवर्दिनेस पहिचानका लागि पनि महत्वपूर्ण हुने छ। युरोपमा मात्र होइन यो कम्पनीले चीनमै पनि सर्टिफिकेसन खोजिरहेको छ जुन अहिलेसम्म पाएको छैन। सन् २०२५ सम्म बजारमा व्यवासयिक रुपमा आउने तयारीमा रहेको कम्पनीका लागि चीनको अनुमति पनि अत्यावश्यक छ। 

अर्को चिनियाँ कम्पनी इहाङले पनि एयर ट्याक्सी विकास गरिरहेको छ। इएज२१६ नाम दिइएको यो ट्याक्सीले यही वर्ष चीनमा सर्टिफिकेसन पाउने विश्वास गरिएको छ। यो कम्पनीले आवेदन दिएको छ तर अहिलेसम्म पक्का भने भएको छैन। अनुमतिका लागि यो कम्पनी अहिलेसम्म २० हजार बढी परीक्षण उडानमा सहभागी भइसकेको छ। 

अहिले जति पनि कम्पनीले अनुमतिका लागि प्रयास गरेका छन्। तिनिहरुका लागि एउटै अनुमति पर्याप्त हुने छैन। विशेषज्ञहरुका अनुसार तीन प्रकारका अनुमति पाएपछि यिनिहरुको बजार व्यापक विस्तार हुनेछ। टाइप सर्टिफिकेसनपछि पनि अरु दुई प्रकारका अनुमति चाहिने अमेरिकी ल फर्ममा एभिएसन क्षेत्र हेर्ने जेनिफर ट्रोक बताउँछिन्। उनका अनुसार उत्पादन  अनुमति चाहिन्छ जसले ठूलो संख्यामा उत्पादन गर्नका लागि आवश्यक पर्छ। त्यस्तै यात्रु बोक्ने एयरलाइन्सको जस्तो सेवा दिनका लागि अर्कै लाइसेन्स चाहिन्छ। तर अहिले केवल टाइप सर्टिफिकेटकै लागि विकासकर्ताहरु दौडिरहेका छन्। 

अहिले एयर ट्याक्सकी वृहत अध्ययन अनुसन्धान तथा परीक्षण भइरहेको छ। यसका लागि भविष्य जतिसुकै उज्यालो भएपनि अहिले भने कठिन छ।

तर परम्परागत ठूला जहाज निर्माताहरुले नै यसमा हात हालिसकेका छन्। यही कारणले यसमा सहजता आउने कतिपयको विश्वास छ। बोइङ, एयरबसले पनि यसमा काम गरिरहेका छन्। त्यस्तै अमेरिकाको युनाइटेड एयरलाइन्सले पनि यो क्षेत्रमा लगानी गरिरहेको छ। यस्ता कम्पनीको सहभागिताले बजारमा एयर ट्याक्सीलाई विश्वासनीय रुपले छिटै ल्याउने धेरैको विश्वास छ। 


प्रकाशित : बिहीबार , माघ २० २०७८०६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend