मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार घटिरहेको सेयर बजार पुन: बढ्यो, फागुन महिनामा समग्रमा ५० अंकको वृद्धि

बुधबार, फागुन २८ २०८१
लगातार घटिरहेको सेयर बजार पुन: बढ्यो, फागुन महिनामा समग्रमा ५० अंकको वृद्धि

काठमाडौं- सेयर बजारमा फागुन महिनामा ५०.७५ अंकको वृद्धि देखिएको छ। गएको माघको अन्तिम कारोबारमा ३० गते २६८५.७३ बिन्दुमा रहेको सेयर बजार फागुनको अन्तिम कारोबारमा आज २८ गते बुधबार २७३६.४८ बिन्दुमा पुगेको छ। 

पछिल्लो समय लगातार २११.०१ अंकको वृद्धिपछि ओरालोतिर लागेर लगातार नै १७१.०७ अंकले घटेको सेयर बजारमा पुन: दोहोरो अंकको वृद्धि देखिएको छ। 

बुधबार १७.२८ अंकको वृद्धिसहित बजार २७३६.४८ बिन्दुमा पुगेको छ। ८ अर्ब २३ करोड ५२ लाख रुपैयाँको कारोबार भएको बजारमा १४६ कम्पनीको सेयर मूल्य बढेको छ। ८८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता पहिलो कारोबारमा आइतबार ४६.३३ अंक, सोमबार २०.६८ अंक र मंगलबार पनि बजार ३२.२१ अंकले घटेको थियो। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन। माघमा ९१.६ अंकको सुधार देखिएको बजारमा फागुनमा पनि ५०.७५ अंकको वृद्धि देखिएको हो। 


प्रकाशित : बुधबार, फागुन २८ २०८११५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend