बुधबार, फागुन २८ गते २०८१    
बुधबार, फागुन २८ २०८१
images
images

भजनी नगरपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरिदिने, आगामी असारभित्र निर्माण सक्नेगरी सम्झौता

images
बुधबार, फागुन २८ २०८१
images
images
भजनी नगरपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरिदिने, आगामी असारभित्र निर्माण सक्नेगरी सम्झौता
फाइल तस्बिर

बर्सेनि बाढी र डुबानको सास्ती खेप्दै आएका विपन्न परिवार सुरक्षित उच्च आवास निर्माण हुने भएपछि खुसी भएका छन्।

images
images

भजनी- कैलालीको भजनी नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित उच्च आवास निर्माण गर्ने भएको छ।

images
images

नगरपालिकाले वडा नं १ र ८ मा ४५ विपन्न परिवारका लागि सुरक्षित उच्च आवास निर्माण गर्ने भएको हो। यसअनुसार वडा नं १ मा २५ वटा र  वडा नं ८ मा २० वटा सुरक्षित उच्च आवास निर्माण गरिने छ। बर्सेनि बाढी र डुबानको सास्ती खेप्दै आएका विपन्न परिवार सुरक्षित उच्च आवास निर्माण हुने भएपछि खुसी भएका छन्।

images
images

वडा नं ८ की सुशीला पाण्डे वर्षौँदेखिको बाढीको पीडाबाट छुटकारा पाउने आशामा छिन्। 'बर्सातको समयमा झण्डै दुई महिना हुलाकी सडकमा बास हुन्छ। डुबान कम भएर घर फर्किँदा कच्ची घर पुनः मर्मतसम्भार गरेर मात्र बस्न लायक हुन्छ', उनी भन्छिन्, 'उच्च घर निर्माण भएपछि विगतको समस्याको सामना गर्नुपर्ने छैन। सुरक्षित छु भन्ने आभास हुनेछ।'

images
images

सोही ठाउँकी शारदाकुमारी सुनार पनि सरकारले घर निर्माण गरिदिने भएपछि खुसी छिन्। वर्षौँदेखि कच्ची माटोको घरमा बस्दै आएको उनको परिवारले सुरक्षित आवास पाउन लागेको हो। 'विगतजस्तो समस्या अब आउने छैन। घरको खाद्यान्न बाढीले बगाउने छैन। घरका भाँडाकुँडा सुरक्षित रहनेछन्', उनी भन्छिन्, 'बाढीको त्रासमा रातभर जाग्राम बस्नुपर्ने दिन मेरा लागि अन्त्य हुनेछन्। परिवारले सुरक्षित छु भन्ने आभास गर्नेछ।'

विपन्न परिवारका घर निर्माणका लागि ह्याविट्याट फर ह्युम्यानिटी नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय दलित नेटवर्क नेपालको प्राविधिक सहयोग रहने छ। आवास निर्माणका लागि प्रतिघर तीन लाख रूपैयाँ नगरपालिकाले व्यहोर्ने छ भने दुई लाख ५० हजार रूपैयाँ सहयोगी संस्थाले व्यहोर्ने छ। त्यसमा करिब एक लाख ६५ हजार रूपैयाँ लाभान्वित परिवारले बेहोर्नुपर्ने छ।

वडा नं ८ मा निर्माण हुने २० वटाको लागतमा सहयोगी संस्थाले प्रतिघर दुई लाख ६५ हजार रूपैयाँ लागत लाग्ने राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यक्रम संयोजक चक्रबहादुर आग्रीले जानकारी दिए।

सुरक्षित आवासअन्तर्गत निर्माण हुने घरमा दुईवटा कोठा रहने छन्। बाहिर बरण्डा रहने छभने शौचालय रहने छ। तर वडा नं १ मा निर्माण हुने आवासमा एउटा भान्सा थप हुने कार्यक्रम संयोजक आग्रीले बताए।

'नगरपालिकाको समन्वयमा यसभन्दा पहिले पनि भजनीमा हामीले २६ वटा सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गरिसकेका छौँ', उनले भन, 'चालु आर्थिक वर्षमा थप ४५ वटा आवासका लागि नगरपालिकासँग सम्झौता भइसकेको छ।'

सम्झौताअनुसार आगामी असार २० गतेभित्र सबै घर निर्माण सम्पन्न गरिसक्नुपर्ने छ। 

स्थानीय स्रोतले भ्याएसम्म बाढी प्रभावित, मुक्त कमैया, विपन्न दलित र एकल महिलालाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले आवास निर्माणको काम गर्दै आएको नगरप्रमुख केवल चौधरीको भनाइ छ। 'स्थानीय सरकार र गैरसरकारी संघसंस्थासँग समन्वय गरेर कैयौँ विपन्न वर्गका लागि हामीले आवास निर्माण गरेका छौँ  र गरिरहेका  छौँ', उनी भन्छन्, 'सीमित स्रोतसाधनका बाबजुद पनि नागरिकलाई सरकार छ भन्ने अनुभूतिको प्रयास गरिरहेका छौँ।'

नेटवर्कले भने कैलालीमा मात्र एक सयभन्दा बढी आवास निर्माणमा स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरिसकेको छ। कैलाली र कञ्चनपुर गरी एकसय ६९ विपन्न परिवारका घर निर्माण भएको कार्यक्रम संयोजक आग्रीको भनाइ छ। उनका अनुसार कैलारी गाउँपालिकामा २७, घोडाघोडी नगरपालिकामा २२ र बर्दगोरिया गाउँपालिकामा १२ घर निर्माण गरेर हस्तान्तरण गरिसकेको छ। रासस


प्रकाशित : बुधबार, फागुन २८ २०८१११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend