बुधबार, फागुन २८ गते २०८१    
बुधबार, फागुन २८ २०८१
images
images

आलुको बजारीकरण गरी किसानलाई प्रोत्साहन गर्न जुम्लामा आलु प्रदर्शनी मेला

images
मंगलबार, फागुन २७ २०८१
images
images
आलुको बजारीकरण गरी किसानलाई प्रोत्साहन गर्न जुम्लामा आलु प्रदर्शनी मेला

कृषि विकास कार्यालय प्रमुख अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा आलुखेती बढी भएको र उत्पादकत्व पनि वृद्धि भएको छ।

images
images

जुम्ला- जिल्ला सदरमुकाम खलंगा बजारमा एकदिने आलु प्रदर्शनी मेला आयोजना गरिएको छ।

images
images

जिल्लास्थित कृषि विकास कार्यालय, भूमि समस्या समाधान आयोग र नेपाल पत्रकार महासंघको संयोजकत्वमा आज स्थानीय चन्दननाथ नगरपालिका-५ स्थित कृष्णमन्दिर प्रांगणमा मेला आयोजना गरिएको हो।

images
images

मेलामा जिल्लाका आठ वटै स्थानीय तहका उच्च भूभागमा फल्ने आलु संकलन गरी प्रदर्शनी गरिएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।

images
images

भूमि समस्या समाधान आयोगका विज्ञ-सदस्य सुमन आचार्यले जिल्लाका आलु कृषकलाई प्रोत्साहित गरी आलुको बजारीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा आलु किसानहरूको उल्लेख्य सहभागिता रहेको बताए।

तिलाको ढिपु, हिमाको पाथरखोला, सिञ्जाको जुडु भाडगाउँ, कनकासुन्दरीको बोता, पातारासीको तीर्ख, तातोपानीको टोप्लालगायत उच्च भूभागमा उत्पादन हुने आलु संकलन गरी प्रदर्शनीमा राखिएको थियो।

कृषि विकास कार्यालय प्रमुख अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा आलुखेती बढी भएको र उत्पादकत्व पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा दुई हजार दुई ४५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ३४ हजार चार सय ५० मेट्रिक टन उत्पादन भएको थियो।

यसैगरी चालु आवमा दुई हजार दुईसय ९० हेक्टर क्षेत्रफलमा खेती भइ ३५ हजार नौसय ३० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन २७ २०८११८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend